नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन, एक घाइते

फाल्गुन ११, २०७९ मा प्रकाशित | 676 views

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ माझीटारमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको निधन भएको छ । एक जना प्रहरी जवान गम्भीर घाइते हुनुभएको छ ।

पिपलटारबाट विदुरतर्फ आउदै गएको मोटरसाइकल आफै अनियन्त्रित हुदाँ त्यसको चालक विदुर नगरपालिका वडा न.ं १० गेर्खु घर भएका २५ वर्षीय विष्णु प्याकुरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता (प्रहरी नायव उपरीक्षक) खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ । उहाँको अनुसार गम्भीर घाइते प्याकुरेलको उपचारको क्रममा त्रिशूली अस्पतालमा बुधबार साँझ ६ बजे निधन भएको हो ।

उक्त मोटरसाइकलमा यात्रा गरिरहेका प्रहरी चेक पोष्ट विदुरमा कार्यरत प्रहरी जवान भीमप्रसाद महत गम्भीर घाइते हुनुभएको छ । टाउको लगायतमा चोट लागेकाले उहाँलाई थप उपचारको लागी बुधबार साँझ नै नेपाल प्रहरी अस्पताल काठमाडौ पठाइएको छ ।

प्रहरीको अनुसार बागमति प्रदेस ०२–०२२ प २७७२ नं. को मोटरसाइकल पिपलटार स्थित नुवाकोट महोत्सव हरेर विदुरतर्फ आउदाँ विदुर नगरपालिका वडा न.ं ५ को वडा कार्यालय नजिकै आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web