‍३ सय ९५ जनाको सजाय माफी

फाल्गुन ६, २०७९ मा प्रकाशित | 306 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाको सजाय माफी गरिदिनुभएको छ ।

मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा भोलिदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहित अरु १४ जनालाई पनि सजाय माफी गरिदिनुभएको छ । बिहीवार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतम ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भइ गएको माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् । संविधानको धारा २७६ मा रास्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुतलबी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web