त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुदाँ तीन जनाको निधन भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाँउपालिका–१ दाङसिंहतर्फ जादै गरेको बा.२ ख ८४५ नं को बस विदुर–१२ चैनपुर स्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुदाँ तीन जनाको निधन भएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।
उहाँको अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । निधन हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँको श्रीमति ६० वर्षीया सितादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २५ जना मध्ये चार जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागी काठमाडौ पठाइएको छ ।
नमस्ते पासाङ ल्यामु यातायात प्राली मार्फत सञ्चालित उक्त बस चैनपुर स्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बस पछि हटेर एकसय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिनुभयो । घाइतेहरुको नामावली यस प्रकार रहेको छ :


20.55¡ÆC