त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले प्रध्यापक डाक्टर जगदीश बैद्यलाई सास्कृतिक तथा सामाजिक क्षेत्रको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ ।
नेपालको धार्मिक स्थल, पुरातात्विक सम्पदा तथा मठमन्दिरको संरक्षण तथा सम्बद्र्धनको लागी लामो समयदेखि सक्रिय तथा महत्वपूर्ण योगदान पुराउदै आउनुभएका ललितपुर निवासी प्रध्यापक डाक्टर जगदीश बैद्यलाई विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले आज साँस्कृतिक तथा सामाजिक क्षेत्रको प्रमुख सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
नुवाकोटको विदुर सहित सास्कृतिक तथा सामाजिक क्षेत्रको प्रमुख सल्लाहकारको रुपमा प्रध्यापक डाक्टर जगदीश बैद्यले जिम्मेवारी पाएको स्थानीयतहको सङ्ख्या ६२२ वटा पुगिसकेको छ ।
स्थानीय शासन सञ्चालन ऐन र यससंग सम्बन्धित कानूनको आधारमा उहाँले पाएको सास्कृतिक तथा सामाजिक क्षेत्रको प्रमुख सल्लाहकारको नियुक्तीले े विदुर सहित नुवाकोट जिल्लाको समग्र धार्मिक स्थल, पुरातात्विक सम्पदा, मठमन्दिर, गुम्बा, गढी, कोटघर लगायतको संरक्षण, पुर्ननिर्माण, सम्बद्र्धन तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
जे.भी फाउण्डेसनको अध्यक्ष समेत रहनुभएका प्रध्यापक डाक्टर जगदीश बैद्यलाई नेपालमा माननीय विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको सम्मान दिइएको छ भने उहाँकै पहलमा नेपालमा दातृ निकायबाट धार्मिक सम्पदाको क्षेत्रम ठूलो रकम सहयोग प्राप्त हुदै आएको छ ।

उहाकै पहलमा आज नुवाकोटको त्रिशूलीमा रहेको राममन्दिरको लागी घण्ट र सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ ।

त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रमको बीच विदुरका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, त्रित्रि माविका प्रधानध्यापक महेन्द्र राउतलाई जेभी फाउण्डेसनको तर्फबाट सरस्वतीको मूर्ति र घण्ट प्रदान गरिएको हो ।


27.36¡ÆC