नेकपा एमालेका केन्द्रिय सदस्य बिन्दा ढुंगानाले १२ वटा स्थानीय तह रहेको नुवाकोट जिल्लालाई समृद्ध बनाउन जिल्लाका पत्रकारहरुको भूमिका महत्बपुर्ण रहेको बताउनुभएको छ ।
नेकपा एमालेको शुभेच्छुक सँस्था प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिबसको अबसरमा प्रेस चौतारी नुवाकोटले हिजो आइतबार बिदुरमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य विदुर । बिन्दा ढुंगानाले निष्पक्ष र स्वतन्त्र भएर खोजमुलक पत्रकारिता मार्फत नुवाकोटको बिकास सम्भब रहेको बताउनुभएको हो ।
उहाँले पेशागत मान मर्यादामा रहेर सञ्चारकर्मीहरुलाई कर्म गर्न सुझाब दिदै पत्रकारिता पेशालाई ब्यबसायिक रुपमा टिकाईराख्न आबश्यक ऐन, नीति निर्माण तथा कार्यान्वायनको लागी सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा प्रेस चौतारी नुवाकोटका अध्यक्ष नबदिप श्रेष्ठले पछिल्लो समय युट्युब च्यानल चलाउने सञ्चालक र मिडियालाई आफ्नो कर्मथलो मानेर कलम चलाउने पत्रकारलाई हेर्ने प्रबृति समान भईदिदा बास्तबिक श्रमजीबी पत्रकारलाई काम गर्न असहज भैरहेको गुनासो गर्नुभएको छ ।

पत्रकार महासंघ नुवाकोट शाखाको तथ्यांकमा जिल्लामा २०० भन्दा धेरै पत्रकार देखिएपनि नुवाकोटमा नै बसेर काम गर्ने पत्रकार अत्यन्त कम भएको र अहिले स्थापित पत्रकारहरुमा पनि खोजमुलक समाचार तथा फिचर लेख्ने क्षमता अनुभब र लगाब कम भएकोप्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटका अध्यक्ष नबदिप श्रेष्ठले चिन्ता जनाउनुभएको छ ।
“समृद्धिको लागी सञ्चारकर्म : प्रेस चौतारीको मुल मर्म” भन्ने नाराका साथ प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिबसको अबसरमा आयोजित कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य अरुणकुमार श्रेष्ठ, नेकपा एमाले २ नं वडा कमिटी अध्यक्ष दामोदर नेपाल, राष्ट्रिय युवा संघका जिल्ला संयोजक प्रज्वल सापकोटा लगायत जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
20.08¡ÆC