त्रिशूली । नुवाकोटको तादी गाँउपालिकाको आयोजनामा सुरु भएको ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन खेलमा आयोजक तादी गाँउपालिका र पञ्चकन्या गाँउपालिका बिजयी भएको छ ।
अमरज्योती माविको प्राङ्गणमा हिजो बुधबार देखि सुरु भएर माघ २१ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा तादी गाँउपालिकाले किस्पाङ गाँउपालिकालाई र पञ्चकन्या गाँउपालिकाले सूर्यगढी गाँउपलिकालाई सोझो सेटमा हराउदै अघिल्लो चरण प्रवेश गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा.प्रकाशरण महतले खेलले शारिरिक तन्दुरुस्ती र मानसिक रुपमा स्फूर्ति समेत दिने भएकाले खेल मनोरञ्जन मात्रै नभई स्वस्थ्य जीवनको लागी समेत प्रत्यक्ष सहयोग पुग्ने बाउनुभएको छ । उहाँले साघीय सांसद्को रुपमा खेल क्षेत्रको विकासको लागी समेत आफूले गर्नुपर्ने सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा तादी गाँउपालिकाको विभिन्न विद्यालयका विद्यार्थीको थप आकर्षक र रोचक भएकाले खेलबाट कला, सँस्कृति तथा परम्परालाई समेत जगेर्ना गर्न सहयोग पुगेको पूर्व मन्त्री समेत रहनुभएका डा.प्रकाशरण महतले बताउनुभएको छ ।
तादी गाँउपालिकाको आयोजनामा सुरु भएको ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’मा आयोजक तादी, सहित दुप्चेश्वर र पञ्चकन्याको दुई–दुई समूह सहित १३ वटा समूहको सहभागिता रहेको छ । शिवपुरी गाँउपालिकाले भने खेलाडी अभावको कारण देखाई सहभागी हुन नसकेको जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई एक लाख ५० हजार, दोश्रो हुने समूहलाई एक लाख रुपैयाँ र तेश्रो हुने समूहलाई ५० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभएको छ । उहाँको अनुसार ‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ दिनको लागी प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको खेलहरु राष्ट्रियस्तरको रेफ्री मार्फत खेलाइने छ भने अन्तराष्ट्रिय नियम लागू गरिने भएकाले सहभागी खेलाडीको लागी प्रतियोगिता निकै महत्वको रुपमा लिन सकिने तादी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले बताउनुभएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा बागमति प्रदेसको पूर्वस्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, जिल्लाको सूर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले, लिखु अध्यक्ष धुव्र श्रेष्ठ, शिवपुरी अध्यक्ष गोविन्दप्रसाद थपलिया, दुप्चेश्वर गाँउपालिका अध्यक्ष शंकरबहादुर थापा लगायतका जनप्रतिनिधि, पाटी प्रतिनिधि, खेलकुदसंग सम्बन्धित निकाय तथा सँस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा तादी गाँउपालिकाको विभिन्न विद्यालय, महिला समूह, युवा क्लब लगायतले झाकी सहित ¥याली लिएर खरानीटार पुगेको थियो भने विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुती गरेका थिए ।
20.12¡ÆC