ट्राफिक प्रहरीबाट शैक्षिक सँस्थाको बसहरुमा चेकजाँच सुरु

माघ १८, २०७९ मा प्रकाशित | 418 views

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लामा सञ्चालित बिद्यालय तथा क्याम्पसका बसको चेकजाँच सुरु गरेको छ ।

बट्टार, त्रिशुली, कोलनी, तारुका, ढिकुरे, छहरे लगायत जिल्लाका मुख्य बजार क्षेत्र हुदै गुड्ने बिद्यालय बसको आजदेखि अभियानको रुपमा चेकजाच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बिद्यालय बस चेकजाँचका क्रममा सवारी चालक अनुमतिपत्र लगायत आबश्यक कागजपत्र साथमा नभएको, सिट क्षमताभन्दा बढी बिद्यार्थी राख्ने गरेको, तीब्र गतिमा लापरबाही तरिकाले सवारी गुडाउने गरेको, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्र्र्रमुख बरिष्ठ प्रहरी नायब निरिक्षक मिलनकुमार सिंहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार त्यसरी ट्राफिक नियम बिपरित सञ्चालित बिद्यालय तथा क्याम्पसका बस चालकलाई सम्झाई बुझाइ गरिएको छ भने ट्राफिक नियमको पालना गर्न, सवारी साधनको अवस्था बारेमा पूर्व जानकारी राख्न, तोकिएको निश्चित स्थानमा मात्र बिद्यार्थी चढाउने र ओराल्न गर्न, बिद्यार्थीहरुलाई बस पूर्ण रुपमा रोकि सकेपछि मात्र चढ्न र ओर्लन दिन, बिद्यार्थीहरु राम्रोसंग सिटमा बसिसकेपछि मात्र सवारी साधन गुडाउन, बिद्यार्थीहरुको कुनैपनि शारिरीक अंगहरु बस बाहिर निकाल्न नदिन, हतारमा र बढि गतिमा सवारी साधन नचलाउन अनुरोध गरिएको छ ।

त्यसरी सम्झाईबुझाई गरे पश्चात पनि पटकपटक ट्राफिक नियम बिपरित असुरक्षित तरिकाले सबारी गुडाईएको पाईएमा कडा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चेतावनी समेत दिएको छ ।

पछिल्लो समय बिद्यालय बसहरु मापदण्ड बिपरित सञ्चालनमा आएको र जोखिम मोलेर आफ््नो बालबच्चालाई बिद्यालय बसमा चढाउनुपरेको गुनासो अभिभाबकहरुबाट आईरहेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको यस अभियानले बिद्यार्थीको सुरक्षित यात्रामा सहज पुग्ने देखिएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web