सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

माघ १८, २०७९ मा प्रकाशित | 330 views

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ ।

मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो ।

२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

२९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web