धेरै ठाउँको मौसम धुम्म, पानी पर्ने सम्भावना कम

माघ १७, २०७९ मा प्रकाशित | 264 views

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

हिजो दिनभर खुलेको काठमाण्डौ र आसपासको आकाशमा आज बिहानैदेखि डम्म बादल लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित धेरै ठाउँमा बादल लागेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । तर, बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परेको थियो । आज पनि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको अनुमान गरिए पनि पश्चिमी न्यून चापीय प्रणाली खासै सक्रिय नभएकाले सम्भावना कम छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । यसपालिको हिउँदमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भए पनि अन्य क्षेत्रमा अहिलेसम्म पानी परेको छैन । यसले गर्दा प्रदूषणसँगै सुक्खापन बढ्दै गएको छ भने खडेरी र आगलागीको जोखिम बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web