त्रिशूली । विदुर नगरपालिका वडा नम्बर १३ को वडा कार्यलय प्राङ्गणमा यहि माग २१ गते सोनाम ल्होछारको अवरसमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम हुने भएको छ ।
बागेश्वरी प्रगतिशील युवा क्लबले हिजो शुक्रबार बट्टारमा पत्रकार सम्मेलन मार्फत ल्होछारको अवसरमा तामाङ सस्कृती झल्काउने सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगिताहरु समेत रहने क्लवका अध्यक्ष तथा कार्यक्रम व्यवस्थापक प्रेम कुमार तामाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिह लामा प्रमुख अतिथि हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा तामाङ संस्कार, संस्कृति झल्किने लामा, बोन्पो (झाँक्री) नाच, म्हेन्दोमाया, सेलोलगायत प्रस्तुति रहने क्लबका सचिव तथा कार्यक्रम संयोजक डिवी तामाङले जानकारी दिनुभएको छ । उहाँको अनुसार विभिन्न जातजातिको आआफ्नै भाषा, धर्म, संस्कार सँकृति हुन्छन् भने ती परम्परालाई संरक्षणको साथै समुदायको शैक्षिक, आर्थिक लगायत विभिन्न विषयमा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । तामाङ समुदायले यस वर्ष सोनाम ल्होछार (बाघ वर्ग) को बिदाई गरि बिरालो, खरायो वा बाख्रा वर्ग) लाई स्वागत गर्दै यही माघ १ गतेदेखि नै ल्होछार पर्व मनाउँदै आएका छन् ।
यो वर्ष मूख्य तिथि यही माघ ८ गते परेको भएपनि माघ महिना भर विभिन्न कार्यक्रमहरू आयोजना गरि ल्होछार पर्व मनाउने गरिएको छ । यस वर्षको ह्ये÷ल्हो मा (खरायो÷ विरालो÷ बाख्रा) भनेर फरक फरक नामंकन भएकोमा ठाउँ अनुसार जे नामांकन गरेको छ त्यहि नाम राखेर ल्होछार मनाउन केन्द्रीय घेदुङले निर्देशन दिएको छ ।
21.49¡ÆC