त्रिशूली । नुवाकोटको तादी गाँउपालिकाको आयोजनामा ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’ हुने भएको छ ।
यही माघ १८ गतेदेखि २० गतेसम्म खरानीटारमा रहेको अमरज्योती माविको प्राङ्गणमा तादी अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई एक लाख ५० हजार, दोश्रो हुने समूहलाई एक लाख र तेश्रो हुने समूहलाई ५० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गाँउपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार ‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ दिनको लागी प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनको लागी तादी गाउपालिकाले जिल्लामा रहेका सबै पालिकाहरुलाई पत्राचार गरेर यही माघ १५ गतेभित्र खेलाडीको नाम दर्ता गर्नको लागी आग्रह गरेको छ ।
प्रतियोगिता राष्ट्रियस्तरको रेफ्री मार्फत खेलाइने र अन्तराष्ट्रिय नियम अनुसार सञ्चालन हुने भएकाले सहभागी खेलाडीको लागी प्रतियोगिता निकै महत्वको रुपमा लिन सकिने तादी गाँउपालिकाले जनाएको छ ।
21.12¡ÆC