स्थानीयले बनाएको प्रतिक्षालय नगरपालिकाको बजेटमा बनाएको भनेपछि …

माघ १०, २०७९ मा प्रकाशित | 414 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ मा सामाजिक सञ्जाल मार्फत बाँसको प्रतीक्षालय निर्माणमा विदुर नगरपालिकाको कार्यालयको ५० हजार लगानी भएको भनेर आएको गरिएको टिप्पणी गलत भएको पाइएको छ ।

विदुर नगरपालिका वडा नं १३ को कार्यबहाक वडाध्यक्ष मनमाया तामाङले आज विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल मार्फत विदुर नगरपालिकाबाट छुट्टाएको बजेटले वडा नं. १३ आपटारमा ५० हजार रुपैयाँले यात्रु प्रतीक्षालय निर्माण गरेको भन्ने तथ्य गलत भएको भन्दै उक्त प्रतीक्षालय निर्माणको लागी नगरपालिकाले वडामा योजना तर्जुमा नगरेको र बजेट समेत उपलब्ध नगरेको स्पष्ट बनाएको छ ।

स्थानीयबासीले नै स्वस्फूर्त रुपमा प्रतीक्षालय निर्माण गरेको र ख्यालख्यालमा रमाइलो लागी भनेर स्थानीय केही व्यक्तिहरुले सामाजिक सञ्जालमा नगरपालिकाको ५० हजार रुपैयाँ मार्फत बनाएको भनेर सार्वजनिक गरिएको भन्दै नगरको लगानीमा निर्माण नभएको विज्ञप्तीमा स्पष्ट बनाइएको छ ।

रमाइलोको रुपमा राखिएको स्टाटस :

No description available.

रमाइलोको रुपमा राखिएको स्टाटासले गलत सन्देश प्रवाह भएपछि सम्बधित व्यक्तिबाट पारिएको स्पष्टोक्ति :

 

No description available.

बाँसको प्रयोग गरेर स्थानीयबासीले बनाएको प्रतीक्षालय श्रमदान मार्फत एकै दिनमा तयार भएको र सरकारी तथा अन्य निकाय कसैको लगानी समेत नरहेको स्थानीयबासीले पनि स्पष्ट बनाएका छन् ।

करीब पाच हजार लगानी समेत नपर्ने उक्त प्रतिक्षालय निर्माणमा नगरपालिकाको ५० हजार लगानी भएको भन्दै टिप्पणी गरेर सामाजिक सञ्जालमा सन्देश प्रवाह गर्नेहरुलाई पनि वास्तविकता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web