नुवाकोटमा मनाइयो सोनाम ल्होछार

त्रिशूली । बाग्मती प्रदेशसभा सदस्य राधिका तामाङले तामाङ समुदायको भाषा, रितिरिवाजको संरक्षण तथा प्रबद्र्धनमा जोड दिनुभएको छ ।

तामाङ समुदायको महान पर्व २८५९ औ सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोटले हिजो शनिबार बट्टारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रदेससभा सदस्य राधिका तामाङ समुदायको हक अधिकार संबिधानमा सुनिश्चित भएपनि उनीहरु ती अधिकार पाउनबाट बञ्चित रहेको गुनासो गर्नुभएको छ ।

ल्होछार पर्वमा मात्र तामाङ भाषा, संस्कृति, अधिकार र पहिचानको संरक्षणको बिषय उठेपनि ती तामाङ समुदायका ब्यक्तिहरु नै देशको प्रमुख अंगमा पुगेपछि पार्टीको दबाबमा तामाङ समुदाय अधिकारको निम्ती लड्न नचाहने प्रबृति देखिएको भन्दै भाषा र रितिरिवाजको संरक्षणको लागी आवाज उठाउनुपर्ने समय आएको प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री राधिका तामाङले बताउनुभएको छ ।

कार्यक्रममा तामाङ खाना र भेषभूषा तथा सँस्कृतिको प्रदर्शनी सहित लामा नाच, बोन्पो अर्थात झाँक्री नाच, म्हेन्दोमाया, सेलो लगायत प्रस्तुतिहरु आकर्षकको रुपमा रहेको थियो । केन्द्रीय घेदुङको नीति, निर्णय अनुसार तामाङको धर्म, संस्कार संकृति, भेषभूषाको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष नुवाकोटमा ल्होछार कार्यक्रम गरिदै आएकोमा कोरोना रोगको जोखिमको कारण प्रभावित भएकाले तामाङ संस्कृतिको जगेर्ना गर्न यो वर्ष विशेष रुपमा मनाईएको ल्होछार समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव जयमान वाइवा तामाङले बताउनुभएकोे छ ।

May be an image of 11 people and people standing

कार्यक्रममा स्थानीय, प्रदेश र संघको निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका तामाङ समुदायका जनप्रतिनिधिहरूलाई सम्मान समेत गर्न गरिएको छ ।

तामाङ समुदायले यो वर्ष ताक/च्यान ल्हो अर्थात (बाघ वर्ग) को बिदाई गर्नेछन् । ह्योयी/तावर ल्हो अर्थात (बिरालो वर्ग)को स्वागत गर्दै यही माघ १ गतेदेखि नै ल्होछार पर्व मनाउन सुरु गरेका छन् ।

May be an image of 7 people and people standing

TOP