सरकारले तोक्यो उखुको मूल्य

माघ ४, २०७९ मा प्रकाशित | 473 views

काठमाडौँ । सरकारले उखुकाे मूल्य ताेकेकाे छ । आज बुधवार दिउँसाे बसेकाे मन्त्रिपरिषद्काे बैठकले उखुकाे मूल्य ताेकेकाे हाे ।

उखुकाे मूल्य प्रतिक्विन्टल पाँच सय ४० रुपैयाँ तोकेको र उखुकाे ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले बेहाेर्ने निर्णय गरेकाे उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयाे ।

यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएकाे छ ।

बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषदबैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदमा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी निर्देशन दिइएको उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र यातायातका सचिव गोपाल सिग्देललाई ऊर्जामा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web