सभामुखको चुनाव माघ ५ गते

पुस २६, २०७९ मा प्रकाशित | 414 views

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावकाे मितिबारे संसद्लाई जानकारी गराउनुभएको हो । त्यस अवसरमा उहाँले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखकाे चुनावकाे कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो ।

सभाका ज्येष्ठ सदस्य राणाले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको चुनावका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकेँ । साथै त्यही नियमको उपनियम १ बमोजिम सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको चुनाव कार्यक्रमसम्बन्धी सूचना मिति २०७९ माघ ३ गते मङ्गलवारको दिन प्रकाशित गर्नसमेत निर्देशन दिन्छु ।’

सत्तारूढ दलहरुबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web