सालको काठसहित तीन जना पक्राउ

पुस २५, २०७९ मा प्रकाशित | 401 views

त्रिशूली । नुवाकोटमा विभिन्न स्थानबाट अवैध रुपमा कटान गरिएको ठूलो परिणामको सालको काठसहित तीन जना पक्राउ परेका छन् । अवैध रुपमा कटान गरिएको चारसय क्युफिट सालको काठ, त्यसलाई ओसार्न प्रयोग भएको मिनिट्रक र संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।

डिभिजन वन कार्यालय नुवाकोटले शिवपुरी गाउँपालिका वडा नं. ८ थानापतीमा बा ४ ख १००३ नम्बरको मिनीट्रक सहित २६ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार काठ सहित संलग्न रहेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेका काजिबहादुर तिवारी, शोभित थपलिया र वसन्त तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्धा दायर गरेर कारबाहीको लागी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web