त्रिशूली । नुवाकोटको विदुर नगरपालिका भित्रको मुख्य मुख्य बजार क्षेत्रमा खानेपानी उपलब्ध गराउदै आएको ‘विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था’ले तेश्रो साना शहरी खानेपानी आयोजना मार्फत निर्माण गरिएको काम तथा संरचनाको जिम्मेवारी बहन सुरु गरेको छ ।

आयोजना मार्फत ९० करोड भन्दाबढी लगानीमा बट्टारको दिवाकर डाँडामा दुईवटा दश–दश लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ भने करीब ११ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ ।
फलाखु खोलामा मुहान बनाएर प्रति सेकेण्ड ८० लिटर पानी ल्याएर विदुरका चार हजार भन्दाबढी घरधुरीलाई सँस्थाले खानेपानी उपलब्ध गराउदै आइरहेको छ । तेश्रो साना शहरी खानेपानी आयोजना पक्षले जिम्म दिएको निर्माण व्यवसायीले निर्माणको जिम्मेवारी पूरा गर्दै आफूले निर्माण गरेको संरचनाको तोकिएको समयमा क्षति पुगेमा पुर्ननिर्माणको चरणमा प्रवेश गरेर कार्यक्रम सँस्थालाई हस्तान्तरण गरेको छ ।
आयोजना मार्फत निर्माण गरिएका संरचनाको जिल्लाको सरोकारवालाहरुको स्थलगत अवलोकन पछि चार बुँदे निर्णय गरेर ‘विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था’ले गर्नुपर्ने जिम्मेवारी तथा सरकोरावालाहरुले पुराउनुपर्ने साथको सम्बन्धमा विषयवस्तुलाई उठान गरिएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल सहित सुरक्षा निकायका अधिकारीहरु, दलीय प्रतिनिधि सहितको सरोकारवालाहरुले करीब एक अर्ब लगानीमा निर्माण गरिएको आयोजनाको पाइप लाइन र दिवाकरडाँडामा बनाइएको पानी ट्याङ्की व्यवस्थित भएपनि फलाखु खोला स्थित मुहानमा भने काम केही नभएको प्रति असन्तुष्ट जनाएका छन् ।

19.57¡ÆC