ब्रोईलर कुखुरापालक कृषकहरुले जान्नै पर्ने केहि प्राविधिक कुराहरु
सन्दर्भ: दशौ राष्ट्रिय पोल्ट्रि दिवस-2079
"पोल्ट्रि क्षेत्रको विकासमा सर्वपक्षिय सहभागिता, खाद्य र पोषण सुधार : हाम्रो प्रतिबद्धता।
✍️✍️✍️
लेखक, डा. बबलु ठाकुर, पशु चिकित्सक, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोट ।
ब्रोईलर कुखुरापालन तर्फ कृषकहरुको आकर्षण बढ्दो छ। बढदो मंहगि, कुनै विशेष काम गर्ने सिपको अभाव, शिक्षाको कमि, वेरोजगारि जस्ता सम्स्या झेलिरहेका तथा स्वदेशमै केहि उद्यम गर्छु भनेर संकल्प लिएका थुप्रै कृषकहरुको रोजाईमा ब्रोईलर कुखुरापालन परेको देखिन्छ। ३५ देखि 40 दिनमा प्रतिफल दिने यो व्यवसाय भने कतियपले एक-दुई लट पालेर निराश भएर अर्कै व्यवसायको खोजिमा हिनेको सयौ उदाहरण देख्न सकिन्छ।एक पशु चिकित्सकको नजरले हेर्दा ति निराश वनाउने चुनौतिहरु थुप्रै छन। कृषकहरुले त्यो चुनौतिहरुको पहिचान गरि अगाडि बढे यो व्यवसायले धेरैका सपनाहरु पुरा गरेका पनि केहि उदाहरणहरु पनि हाम्रै समाजमा देख्न सकिन्छ।
केहि मूख्य- मूख्य चुनौतिहरु:
- चल्ला: उच्च मृत्यूदर
- दाना: मंहगो दाना
- औषधि: मंहगो औषधी
- वजार: अस्थिर वजार
चुनौतिहरु लाई विश्लेषण गरेर हेर्दा:
- उच्च मृत्यूदरका कारण तथा मृत्यूदर घटाउने उपायहरु:
- पुर्व तयारि तथा प्राविधिक ज्ञानको कमि: नया चल्ला ल्याउनु अगाडि उपयुक्त डिटरजेन्ट प्रयोग गरि खोर भित्र वाहिरको छाना, भित्ता र भुई, दाना, पानीको भाडाहरु, पानीको ट्याङ्कि तथा पाईपलाईन सरसफाई तथा उपयुक्त रसायनहरुको प्रयोग गरि अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्छ।
- चल्ला ल्याउनु भन्दा 12 घण्टा अगाडि देखिनै ब्रुडिङ्ग खोरलाई तताई राख्नुपर्दछ। चल्ला राख्ने वेलामा सोत्तरको तापक्रम 80 डिग्रि फरेनहाईट हुनुपर्दछ।
- दाना तथा पानीमा चल्लाहरुको सजिलै पहुच हुने गरि नाङ्गलो / फिडर/ ड्रिङ्करको व्यवस्थापन गर्नु पर्दछ।
- गुणस्तरिय चल्लाको छनोट: चल्ला (विउ) राम्रो भए मात्र राम्रो उत्पादनको अपेक्षा गर्न सकिन्छ। फुर्तिला 35 देखि ४५ ग्रामका चल्ला हाल्दा राम्रो हुन्छ।पहिलो हप्तामा अर्थात चल्ला हालेको सातौ दिनमा पहिलो दिनको तौलको सात गुणा तौल वनाउने लक्ष्य लिई सम्पूर्ण व्यवस्थापनमा ध्यान पुर्याउनु पर्छ।
- पहिलो दिन देखि कुखुरा बेच्ने दिनसम्म उचित मात्रामा अनिवार्य रुपले गुणस्तरिय Acidifier को प्रयोग गर्नुपर्दछ।
- कुखुराका महामारीजनन्य रोगहरु (जस्तै: रानिखेत, गम्वोरो) विरुद्ध ४ वटा खोपहरु कोल्ड चेन (24 घण्टा फ्रिज चल्ने) व्यवसायिहरुवाट मात्र खरिद गरि तालिका अनुसार अनिवार्य रुपमा लगाउनु पर्छ।
दानाको मंहगाई र गुणस्तरलाई विश्ल्षण गर्दा:
- ब्रोईलर कुखुरा पालनमा कुल खर्चको करिव 70% खर्च दानामा हुने भएकोले व्यवसाय नाफामा जाने कि घाटामा त्यसको मूख्य निर्धारक दाना नै हो।अहिले भन्दा 5 वर्ष अगाडि B-0, B-1 र B-2 B-2 दानाको मूल्य क्रमश: रु. 53, 52 र 51 प्रति किलो थियो भने अहिले क्रमश: करिव 86, 85 र 84 छ। जिवित कुखुराको मूल्य 5 वर्ष अगाडि करिव रु.170 देखि रु.220 प्रति किलो थियो भने अहिले पनि रु.210 देखि रु.240 सम्म छ। भनाईको अर्थ ५ वर्षमा दानाको मूल्य करिव 60% ले बढदा कुखुराको मूल्य करिव करिव समान रहेको पाईन्छ। दानाको मूल्य नियन्त्रण गर्नलाई दानामा प्रयोग हुने मूख्य कच्चा पदार्थ अर्थात मकै हामिले आफ्नो खेत वारी, वाझो जमिन तथा डिल कान्लामा समेत खेति गर्नु पर्ने देखिन्छ। त्यसो गरिएन भने, केहि वर्षमा यो व्यवसाय हराउदै जाने सम्भावना वढी छ।कुखुराको मूल्य बढाउन त्यसको खपत वढाउन आवश्यक छ। सरकारि तथा निजि स्तरवाट यसको उपभोग प्रवर्द्धनमा जोड दिनु आवश्यक छ। साथै केहि भ्रामक प्रचार प्रसारलाई चिरफार गरि सत्य तथ्य र कुखुराको मासुको महत्व आम उपभोक्तालाई जानकारी गराउनु आवश्यक छ।
- FEED CONVERSION RATIO (FCR) : कतिपय कृषकहरु लाई यो शव्द नया लागे पनि यो जान्नै पर्ने प्राविधिक कुरा हो। हरेक दिन कुखुराले कति दाना खान्छ त्यसको रेकर्ड राखौ। कम्तिमा हरेक हप्ता कुखुराको वजन लिने वानि वसालौ। कुखरा वेच्ने दिनसम्ममा जम्मा कति किलो दाना खायौ (मानौ १000 कुखुराले 4000 किलो दाना खायो) , 40 दिनमा वेच्दा 900 कुखुराको औषत तौल 2.5 किलोका दरले 2250 किलो जिवित तौल वरावर कुखुरा वेचियो, अव (FCR ₌4०००/2250₌१.७७) भन्नाले १.७७ किलो दाना खायेर 1 किलो कुखुरा तयार भयो। अहिलेको प्रतिस्प्रधि वजारमा FCR १.५ देखि 2.5 र सो भन्दा वढी FCR दिने दानाहरु उपलब्ध छन। FCR जति कम उति राम्रो FCR जति बढी उति घाटा। कुखुरा व्यसक भईसकेपछी धेरै दिनसम्म पालिराख्दा जुन दरमा दाना खान्छ त्यो दरमा वजन बृद्धि हुदैन।तसर्थ लक्षित वजन आएपछि सकेसम्म चाडो वजारिकरण तर्फ ध्यान दिनु बुद्धिमानि हुन्छ।
- औषधि: वजारमा विभिन्न मूल्य तथा गुणस्तरका औषधिहरु उपलब्ध छन भने त्यसको अविवेकि प्रयोग पनि व्यापक छ। औषधिको गुण, गर्ने काम, उत्पादन लागत खर्चमा पार्ने असर, मानव स्वास्थ्यमा पार्न सक्ने असरका वारेमा जानकारी नभइ अन्धाधुन्ध एन्टिवायोटिक लगायत अन्य औषधिहरुको प्रयोगमा सजगता अपनाउन आवश्यक छ।रोग लागेर औषधिमा धेरै खर्च गर्नुभन्दा जैविक सुरक्षामा लगानि गर्नु बुद्धिमानि हुन्छ। विभिन्न जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्दैं गर्दा, समयमै तालिका अनुसार उपयुक्त खोप लगाउदा लगाउदै, सरसफाई तथा निर्मलिकरणमा ध्यान दिदा दिदै, गुणस्तरिय चल्ला तथा दाना र उचित व्यवस्थापन सवै गर्दा गर्दै पनि कुखुरालाई रोग लागि हाले तुरुन्तै दक्ष तथा अनुभवी प्राविधिक लाई खोर तथा कुखुरा देखाई सिफारिस अनुसारको औषधिहरु तोकिएको मात्रामा तथा समयमा चलाईयो भने अपेक्षित लाभ लिन सकिन्छ।
- अव्यव्स्थित वजार: वजारलाई व्यवस्थित गर्न चल्ला, दाना, कुखुरा उत्पादक, सहजकर्ता (विक्रि वितरण कर्ता) तथा उपभोक्ता सवैलै महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ। सरकारी पक्षले वजारीकरण तथा व्यवसाय गर्न सहज वातावरण निर्माण र उपभोग प्रवर्द्धनमा जोड दिन आवश्यक छ।
अन्त्यमा:
समयानुकुल आफुलाई नया प्रविधि, ज्ञान तथा सिपहरु सिकि अद्यावधिक गर्नुपर्छ। ब्रोईलर कुखुरापालनवाट यहाहरुले अपेक्षित मुनाफाँ लिनु हुनेछ र यहाको सपना यो व्यवसायले पुरा गर्नेछ भन्ने विश्वास छ। धन्यवाद।