मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता

पुस १५, २०७९ मा प्रकाशित | 301 views

काठमाडौँ । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।  बुधवार र बिहीबार गरेर एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिनुभएको छ । जसमा एक सय तीन जना नेपाल प्रहरी र ९१ जना सशस्त्र प्रहरी रहेका छन् । नेपाल प्रहरी केन्द्रीय मुख्यालय नक्सालमा र सशस्त्र प्रहरी आफ्नो मुख्यालय हलचोकमा हाजिर भएका छन् ।

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web