घ्याङ्फेदी माविमा “घ्याङ्फेदी आविष्कार केन्द्र”को स्थापना

पुस १५, २०७९ मा प्रकाशित
Published at 2022-12-30

419 views

घ्याङ्फेदी । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं .१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयमा “घ्याङ्फेदी आविष्कार केन्द्र”को स्थापना गरिएको छ ।

घ्याङ्फेदी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विज्ञानको नवप्रबद्र्धन तथा अविस्कारको लागी काम गर्न हिजो बिहीबार “घ्याङ्फेदी आविष्कार केन्द्र”को स्थापना गरिएको प्रधानध्यापक प्रेमबहादुर स्याङताङले जानकारी दिनुभएको छ । केन्द्रको गाँउपालिकाको अध्यक्ष शंकर थापा, उपाध्यक्ष माकुरी तामाङ, सहयोगी सँस्था आधार डेभलपमेन्टका राष्ट्रिय निर्देशक प्रल्हाद ढकाल लगायतले एकसाथ उद्घाटन गर्नुभएको हो ।

जिल्लाकै विकट मानिएको घ्याङ्फेदीमा शैक्षिक सुधारको चमत्कारी परिवर्तन गराउन सहयोग पुराउदै आएको आधार डेभलपमेन्ट र त्यसको राष्ट्रिय निर्देशक प्रल्हाद ढकालको विशेष योगदानबाट अविस्कार केन्द्रको स्थापना गरिएको हो ।

घ्याङ्फेदी माध्यमिक विद्यालयले आगामी वर्ष विद्यालयका विद्यार्थीले बनाएको बैज्ञानिक उपकरण तथा प्रविधिको प्रदर्शनी गर्ने लक्ष्य राखेकाले त्यसलाई लक्षित गरेर नयाँ अविस्कारको निर्माणमा जुट्न “घ्याङ्फेदी आविष्कार केन्द्र”को स्थापना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.