बाग्मती प्रदेशका सांसदले शपथ लिए

पुस १४, २०७९ मा प्रकाशित | 366 views

मकवानपुर । बाग्मती प्रदेश सभा सदस्यले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज बिहीवार दिउँसो एक कार्यक्रममा सांसदहरूले शपथ लिएका हुन् ।

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री, पूर्वसभामुखसहितको उपस्थितिमा शपथ ग्रहण कार्यक्रम गरिएको हो । आज प्रदेश सभाका एक सय नाै जना सदस्यलाई प्रदेश सभाका जेष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउनुभएको हो ।

हिजो बुधवार ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरेपछि आज अरू सदस्यले शपथ लिएका हुन् । अब सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने नयाँ सत्ता गठवन्धनका दलहरूको तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web