ट्रिपरमा मोटरसाइकल ठोक्किदा एक जनाको निधन

पुस ११, २०७९ मा प्रकाशित | 836 views

विदुर । नुवाकोटको बिदुर नगरपालिका वडा नंं ५ माझीटारमा ट्रिपरमा मोटरसाइकल ठोक्किदा हिजो आइतबार एक जनाको निधन भएको छ ।

आइतबार अपरान्ह १ बजेतिर पिपलटारबाट बट्टारतर्फ आउदै गरेको बा.३ क १४५२ नंं को ट्रिपरमा पछाडीबाट आएको बा.५२ प ५८६८ नं. मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक विदुर नगरपालिका–५ का दिपक कुमालको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काको अनुसार दुर्घटना गम्भीर घाइते भएका ३० वर्षीय कुमाललाई उपचारको लागी त्रिशूली अस्पताल पुराएपनि चिकित्सकले निधन भएको जानकारी दिएको हो ।

दुर्घटना पश्चात ट्रिपर चालक बेलकोटगढी नगरपालिका वडा नंं १२ का प्रविण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । ट्रिपर चालकले बीच सडकमा गाडी रोकेर सोही दिशा हुदै आएको अर्को ट्रिपरसंग गफ गर्न थालेकाले दुर्घटना भएको भन्दै ट्रिपर चालक श्रेष्ठको लापरबाही देखिएकाले कारबाहीको लागी अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web