त्रिशुली । नुवाकोटमा रहेका माध्यमिकतह जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा ककनी गाँउपालिका वडा नं. ६ केउरेनीमा रहेको नवजीवन माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ ।
बागमति प्रदेश सरकारको सहयोगमा शिक्षा विकास तथा समन्वयन इकाई, नुवाकोटको आयोजनामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बिहीबार भएको प्रदर्शनीमा डिस्टिलेसन अर्थात कुनै तरल मिश्रणको कच्चा पदार्थलाई बाष्विकरण विधिबाट उमाल्ने र संक्षेपण प्रयोग गर्ने प्राविधिको उपकरण बनाएबापत एकसय पूर्णाकमा ९१ प्रतिशत अंकको साथ नवजीवन माध्यमिक विद्यालय पहिलो भएको हो ।


यस्तै, लिखु गाँउपालिका वडा नं.४ चौघडामा रहेको क्षेत्रपाल माध्यमिक विद्यालय दोश्रो भएको छ । क्षेत्रपाल माविले डोजर बनाएर ८३ प्रतिशत अंकको साथ दोश्रो भएको हो ।

यस्तै, दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीमा रहेको घ्याङफेदी माध्यमिक विद्यालय तेश्रो भएको छ । घ्याङफेदी माविका विद्यार्थीहरुले नदी तथा खोलामा बाढी आउदा र भूकम्प आउन लाग्दा संकेत दिने उपकरण बनाएर प्रदर्शनीको प्रतिस्पर्धमा ८२ प्रतिशत अंकको साथ तेश्रो भएको हो ।

यस्तै, विदुर नगरपालिकावडा नं. ४ मा रहेको पृथ्वी माध्यमिक विद्यालयले सान्त्वना सहितको प्रशंसा पत्र पाएको छ ।

प्रदर्शनीको प्रतिस्पर्धामा पहिलो भएको विद्यालयले पाच हजार, दोश्रो भएको विद्यालयले तीन हजार र तेश्रो भएको विद्यालयले दुई हजार तथा सान्त्वना प्राप्त विद्यालयले एक हजार नगद सहित प्रशंसापत्र शिक्षा विकास तथा समन्वयन इकाई नुवाकोटका प्रमुख देवकुमार बरालले प्रदान गर्नुभएको हो ।
नुवाकोट जिल्लामा रहेका बाह्रवटै पालिकाबाट एक–एक वटा विद्यालय छनोट गरेर प्रतिस्प्र्धा गराउन लागिएको भएपनि किस्पाङबाट छनोटमा परेको विद्यालय ज्ञानज्योती मावि अनुपस्थित भएकाले ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।
यसैबीच, प्रतिस्पर्धामा तेश्रो स्थान हासिल गरेको दुप्चेश्वर गाँउपालिका वडा नं. १ मघ्याङफेदीमा रहेको घ्याङफेदी माध्यमिक विद्यालयले भने निर्णायक मण्डल अर्थात मूल्याङ्कनकर्ताबाट गरिएको नतिजाको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।
प्रतियोगितामा “बैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने” अभिप्रायले आयोजित प्रतियोगिताको प्रर्दशनीमा एक दशक अघि नै विकास भैसकेको डोजरको अविष्कारलाई आफूहरु भन्दा उत्कृष्ट ठहर गर्दै नेपालमा बैज्ञानिकहरुले निकै कम अविष्कार गरेको बाढी आउदा र भूकम्प जाँदा संकेत दिने उपकरणलाई भने अपहेलना गरिएको घ्याङफेदी माविका प्रधानध्यापक प्रेमबहादुर स्याङताङले गुनासो गरेको छ ।
प्रतियोगिताका मूल्याकनको लागी धुव्र रिमाल, हिरामणी शर्मा र दिनेश थपलिया बस्नुभएको थियो ।

प्रदर्शनीमा दिएको नंम्बर प्रति असन्तुष्टी जनाउदै आफ्नो विद्यालयले हासिल गरेको तेश्रो स्थान सम्मानको नभई मूल्याङ्ककर्ताबाट गरिएको अपमानको नतिजाको रुपमा लिएकाले आगामी दिन घ्याङफेदी माविलाई थप अब्बल विद्यालयको रुपमा स्थापित गराउनतर्फ लाग्ने घ्याङफेदी माविका प्रधानध्यापक प्रेमबहादुर स्याङताङले बताउनुभएको छ ।
24.31¡ÆC