विकास निर्माण र सरकारी सेवा प्रवाह खस्किएको भन्दै सांसद्ले चिन्ता जनाए

पुस ७, २०७९ मा प्रकाशित | 384 views

त्रिशुली । नुवाकोटमा विकास निर्माण तथ सरकारी सेवा प्रवाह खस्कदै गएको भन्दै नुवाकोटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघीय र प्रदेस सांसद्हरुले चिन्ता जनाएका छन् ।

निर्वाचित भएसगैँ पहिलो पटक बुधबार नुवाकोटका सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधिहरुसंगको सयुक्त बैठकमा बसेर जिल्लाको बस्तुस्थितको जानकारी लिएसगैँ विकास निर्माणदेखि सरकारी सेवा प्रवाह अघिल्ला वर्षको तुलनामा कमजोर भएको भन्दै चिन्ता जनाइएको हो । अब त्यस्तो अवस्था आउन नदिनको लागी नीति निर्माण गर्ने जनप्रतिनिधि र कानूनी कार्यान्वयन गर्ने तथा सेवा प्रवाहमा खटिने सरकारी कर्मचारीले इमान्दार भएर थप सक्रिय हुनुपर्ने  बताएका छन् । 

बैठकमा संघीय सांसद् हितबहादुर तामाङले नुवाकोटको विकास निर्माणको लागी बजेटमा हुदै आएको कटौती, जनतालाई प्रवाह गरिने सेवामा देखिएको समस्या, भ्रष्टचार नियन्त्रण तथा सुशासन कायम गराउन चुनौती रहेकाले सरोकारवाला सबै पक्षमा इमान्दारिता आउनुपर्ने बताउनुभएको छ ।

अहिले जनतामा देखिएको नैराश्यता, निर्वाचनको समयमा मतदाताको अभिमतको नतिजा, युवा बर्गमा राष्ट्रप्रतिको जिम्मेवारीबोधन त्यसैको नतिजा भएकाले अब राजनीति वर्ग र कर्मचारी संयन्त्रले सेवा प्रवाह कसरी सुधार गर्ने भनेर सोच्नुपर्ने समय आएको पूर्वमन्त्री तथा संघीय सांसद् हितबहादुर तामाङले बताउनुभएको हो ।

यस्तै, जिल्लाको वस्तुस्थितको जानकारी लिएपछि संघीय सांसद् बिमला सुवेदीले नुवाकोटमा यो आर्थिक वर्षको पाच महिनाको अवधिमा जम्मा १३ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु निराशाजनक अवस्था भएकाले सबै पक्ष मिलेर बाँकी रहेको करीब ७ महिनाको अवधिमा सकेसम्म शतप्रतिशत पूरा गर्नतर्फ लाग्नको लागी विशेष गरेर कर्मचारीबाटै नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।

यसैगरी, जिल्लाको पासाङल्यामु राजमार्गको लागी निकै संघर्ष गरेर ल्याएको एक अर्ब ६५ करोड रुपैयाँ लगानी ल्याएपनि त्यो कार्यान्वयन गर्न नसकेकोदेखि किसानलाई मल दिन नसकेको तथा जनजीविकासंग जोडिएका विभिन्न विषयमा देखिएका समस्या अबका दिनमा आउन नदिन जनप्रतिनिधि र कर्मचारी दुवै पक्ष इमान्दार हुनुपर्ने संघीय सांसद् बिमला सुवेदीले बताउनुभएको छ ।

No description available.

यसैगरी, बागमति प्रदेससभा सदस्य राधिका तामाङले पासाङल्यामु सडक र गुज्रेभञ्याङबाट खोलेगाँउ हुदै मानेभञ्याङ जाने सडक अलपत्र भएको लगायतका समस्यालाई सामान्य रुपमा लिएर जिल्लामा भित्रिएका योजनाहरु नुवाकोटका कार्यालय प्रमुखहरुको लापबारहीको कारण भएकाले आगामी दिनमा त्यसो हुन नदिनको लागी सचेत गराउनुभएको छ ।

जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने काम तथा जिम्मेवारी पूरा गर्नको लागी तयार रहेको भन्दै कर्मचारीतन्त्रबाट पनि आएका योजनाको सही कार्यान्वयन र सुशासन कायम गराउनको लागी कर्मचारी र जनप्रतिनिधिले सच्चिएर अघि बढ्नुपर्ने प्रदेश सांसद् राधिका तामाङले बताउनुभएको छ ।

जनप्रतिनिधि र कर्मचारीको सयुक्त बैठकमा प्रदेशसभा सदस्य रमेशकुमार महतले जिल्लामा भित्रिएको पूर्वाधार विकासका योजनाको सही कार्यान्वयन नभएको, सरकारी कार्यालयमा आएका कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतसंग सम्बन्धित योजनाहरु फिर्ता जाने गरेको अवस्थामा अबभने सुधार हुनुपर्ने बताउनुभएको छ । जिल्लामा भित्रिएका योजनाहरु सही रुपमा कर्मचारीबाट कार्यान्वयन गर्नुपर्ने र आवश्यक योजनाहरु जनप्रतिनिधिको तर्फबाट थप ल्याउनको लागी पहल गर्न तर्फ लागिने प्रदेशसभा सदस्य रमेशकुमार महतले बताउनुभएको छ ।

नुवाकोटका कार्यालय प्रमुख एंव प्रतिनिधिहरुसंग जनप्रतिनिधिको सयुक्त बैठकको अध्यक्ष्यता गर्नुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल सहित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको तर्फबाट प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो कार्यालयबाट प्रवाह हुदै आएको सेवा, जिल्लाको लागी प्राप्त भएको बजेट र त्यसको कार्यान्वयनको अवस्था, देखिएका समस्या लगायतको सन्दर्भमा प्रस्तुतीकरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web