रसुवामा माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न, नमुना एभरग्रिन मा.वि. प्रथम

पुस ६, २०७९ मा प्रकाशित | 357 views

रसुवा । रसुवाको पाँच गाउँपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा गोसाईंकुण्ड गाउँपालिकाको नमुना एभरग्रिन माध्यमिक विद्यालय प्रथम भएको छ । रसुवा सदरमुकाम धुन्चेमा रहेको रसुवा माध्यमिक विद्यालयमा  मंगलबार गरिएको विज्ञान प्रदर्शनीमा नमूना एभरग्रिन माध्यमिक विद्यालय पहिलो भएको हो ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको सहयोग र शिक्षा विकास तथा समन्वय इकाई रसुवाको आयोजनामा सञ्चालित प्रदर्शनीमा कालिका गाँउपालिकामा रहेको कालिका हिमालयन माध्यमिक विद्यालय दोश्रो र आमाछोदिङमो गाँउपालिकाको पार्वतीकुण्ड माध्यमिक विद्यालय तेश्रो भएको छ । नौकुण्ड गाउँपालिकाको गोसाईंकुण्ड माध्यमिक विद्यालयले सान्त्वना पाएको छ ।

प्रदर्शनीमा प्रथम हुनेलाई ५ हजार नगद दोश्रोलाई ३ हजार तेश्रोलाई २ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई एक हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

प्रदर्शनीमा संस्कारको विकास गर्दे खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीलाई प्रोत्साहन तथा वैज्ञानिक चेतना अभिवृद्धिका लागि माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शन गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमाकान्त अर्यालले जानकारी दिनुभएको छ ।

प्रदर्शनीको जिल्ला समन्वय समिति रसुवाको प्रमुख अशोक घिमिरे लगायतका अतिथीहरुलले अवलोकन गर्दै विद्यार्थीहरुको प्रस्तुती उत्कृष्ट रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web