रसुवाको पार्वतीकुण्ड क्षेत्रलाई प्रदूषणमुक्त क्षेत्र घोषणा

पुस ६, २०७९ मा प्रकाशित | 306 views

रसुवा । रसुवाको पार्वतीकुण्ड क्षेत्रलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरिएको छ ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले एक कार्यक्रमका बीच मंगलबार स्थलगत रूपमा पार्वतीकुण्डलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।

प्रदूषणमुक्त घोषणा भएसँगै फोहर व्यवस्थापन गराउन र पार्वतीकुण्डको बीच भागमा रहेको बोझोलाई हटाई तलाउको पानी सफा बनाउन वनसँग सम्बन्धित कर्मचारीलाई मन्त्री विशाल खड्काले निर्देशन दिनुभएको छ । भगवान् शिव र पार्वतीको सम्बन्धलाई समेत उजारण गरी धार्मिक महिमाका बारेमा प्रचारप्रसारको व्यापकता ल्याई भक्तजनको आगमन बढाउनको लागी पार्वतीकुण्डको विशेषताको प्रचारप्रसारमा गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

पर्वतीकुण्ड क्षेत्रमा गरिने पूर्वाधार विकासमा मन्त्रालयस्तरबाट गर्नुपर्ने सबै सहयोग प्रदान हुने बताउँदै मन्त्री खड्काले गोसाइँकुण्डमा पुगेर भगवान् शिवको दर्शन गरेपछि गत्लाङमा अवस्थित पार्वतीकुण्डको दर्शन गर्नैपर्ने धार्मिक मान्यता रहेकाले पार्वतीकुण्ड जाने भक्तजनको सहयोगार्थ क्रमिकरूपले पूर्वाधार विकास निर्माणको लागी पहल गर्ने आश्वासन दिनुभएको छ ।

यसैबीच २०६५ मा डढेलोले नोक्सान पु¥याई उजाड बन्न पुगेको गतलाङको वन जङ्गलको स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले नयाँ वन व्यवस्थापनअन्तर्गत डढेलोले डढेका सबै काठ हटाई स्थानीय चाहनाअनुरूप आयआर्जन दिने खालका बिरुवा रोपण गरिने बताउनुभएको छ ।

स्थानीय बासिन्दाले ओखर रोपणको मागलाई प्राथमिकता दिन आग्रह गरेकाले वनसँग सम्बन्धित विज्ञसमेतको राय लिई स्थानीय हावापानी सुहाउँदो बिरुवा रोपणको माध्यमबाट गतलाङको वन जङ्गल हराभरा बनाउने कार्यमा अगाडि बढ्ने मन्त्री शिाल खड्काले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web