सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीको सचेतनामुलक कार्यक्रम नुवाकोटमा प्रभावकारी बन्दै

पुस ४, २०७९ मा प्रकाशित | 408 views

सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीको सचेतनामुलक कार्यक्रम नुवाकोटमा प्रभावकारी बन्दै

विदुर । सवारी दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालक तथा सहचालकलाइ परामर्श दिएको छ ।

नुवाकोटको मुख्य शहरी क्षेत्र विदुर, बट्टार, कोलनी, गंगटे, ढिकुरे, तारुका, गुर्जे लगाएतका स्थानमा चेकजाचमा खटिइ चालक तथा सहचालकलाई दुर्घटना न्युनिकरण गर्न अपनाउनुपर्ने साबधानी बारे सम्झाइ बुझाइ गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका बरिष्ठ प्रहरी नायव निरीक्षक मिलनकुमार सिंहले जानकारी दिनुभएको छ ।

यसअघि पनि ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सम्भावित दुर्घटना रोक्न जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रममा सवारी साधनको छतमा नबस्न, तिब्र गतिमा गाडी नहाक्न, सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग नगर्न, क्षमता भन्दा बढी यात्रु नबोक्न सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web