तारकेश्वर गाँउपालिकाको नयाँ भवनको सांसद् अर्जुननरसिंह केसीबाट शिलान्यास

पुस ४, २०७९ मा प्रकाशित | 308 views

त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिकाको नयाँ भवन निर्माण थालिएको छ । तारकेश्वर गाँउपालिकाको वडा नं. १ रयलछाप स्थित अहिले सञ्चालनमा रहेको पालिकाको भवन नजिनकै निर्माण थालिएको नयाँ भवनको आइतबार संघीय सांसद् तथा काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले शिलान्यास गर्नुभएको हो ।

नयाँ निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्दै पूर्वमन्त्री समेत रहनुभएका काँग्रेसका नेता अर्जुननरसिंह केसीले पालिकाको नयाँ भवन निर्माणसगैँ जनताको सेवा प्रवाहमा सहजता, पालिकाको दैनिक कार्यसम्पादनमा सुधार तथा विकास निर्माण सहित सुशासन कायम गराउन सहयोग पुग्नुपर्ने बताउनुभएको छ ।
निर्माण गरिने नयाँ भवनले लक्ष्य अनुसारको सफलता प्राप्त गर्न नसकिने भन्दै जनताको सेवा प्रवाहमा खटिनुपर्ने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल सहित सरोकारराख्ने सबै पक्षबीच कार्यगत एकता र लोकतन्त्रको अभ्यास गर्न संघीय सांसद् अर्जुननरसिंह केसीले सुझाब दिनुभएको छ ।

No description available.

उहाँले आफू यसअघि सांसद् हुदाँ शिलान्यास गरेर पूरा हुन बाँकी रहेको विदुर नगरपालिका–३ बाट तारकेश्वर हुदै धादिङ जोड्ने सडक सम्पन्न गर्न, तारुकाघाटमा नयाँ पक्कि पुल निर्माण गर्न, तारुकाको गोरु जुधाउने प्रतियोगितालाई खेल–पर्यटनको रुपमा विकास गर्नतर्फ प्रथामिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संघीय सांसद् तथा काँग्रेसका प्रभाशाली नेता अर्जुननरसिंह केसी जनताको सेवा पुराउन र पुराएको सेवाको महत्व बुझ्नेहरुको लागी आफू निरन्तर सहयोगी बनेर साथ दिने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो समयमा पाटीको आन्तरिक चुनावी प्रतिस्पर्धा लगायत पाटीभित्र गुट र उपगुट सिजर्ना गर्नेहरुबाट पाएको धोका प्रति इंकित गर्दै उहाँले साथ र सहयोग गरेको देख्नेहरुलाई निरन्तर सहयोग गर्ने र धोका दिनेलाई भने अबदेखि आफूले पनि सोही अनुसारको जवाफ दिने चेतावनी दिनुभएको छ ।
यसअघि आफूले तारकेश्वर गाँउपालिका सहित नुवाकोटको विभिन्न स्थानमा सुरु गरेका योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाउदै जनताले पनि सकारात्मक रुपमा साथ दिनुपर्ने संघीय सांसद् तथा काँग्रेसका प्रभाशाली नेता अर्जुननरसिंह केसीले बताउनुभएको हो ।

तारकेश्वर गाँउपालिकाको प्रमुख प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा तारकेश्वर गाँउपालिकाको अध्यक्ष शिव अधिकारी अविरलले नयाँ भवन निर्माणले तारकेश्वरबासीमा उमङ्ग ल्याउन सक्ने गरेर सेवा प्रवाह गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
यसअघि राज्य पुर्नसंरचनासगैँ स्थापनादेखि भाडाको घरमा सञ्चालन हुदै आएको पालिकाको कार्यसञ्चालन केही महिना अघि सामुदायिक भवन मार्फत अघि बढाइएको छ भने अब बनाउन लागिएइको भवनले पूर्वाधार विकास सहित पालिका भित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा सुधारतर्फ अघि बढेको अध्यक्ष शिव अधिकारी अविरलले बताउनुभएको छ । 


नयाँ भवन शिलान्यास कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व संबिधानसभा सदस्य जगदिश्वरनरसिह केसी, नेकपा माओवादी केन्द्रका नेता तथा निवर्तमान प्रदेस सांसद् हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, तारकेश्वर गाँउपालिकाको निवर्तमान अध्यक्ष रमेशबहादुर वस्ती र निवर्तमान उपाध्यक्ष तारदेवी रिमाल, नेपाली काँग्रेस तारकेश्वर सभापति केशव अर्याल, नेकपा माओवादी केन्द्र तारकेश्वर अध्यक्ष सोमबहादुर तामाङ लगायतले ढिलो गरेर निर्माणको काममा अघि बढेको भएपनि तोकिएको समयसीमा भित्रै भवन निर्माण पूरा गर्नको लागी सहयोग तथा समन्व्यनको प्रतिबद्धता जनाएका छन् ।

नयाँ भवन निर्माण गर्न ६ करोड ४२ लाख रुपैयाँमा ठेक्का लगाइएको उपाध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिनुभएको छ ।

गएको साउन महिनामा भएको सम्झौता अनुसार नयाँ निर्माण गरिने प्रमुख प्रशासकीय भवनमा पालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहनेछ भने विभिन्न विषयगत शाखाहरुको सेवा प्रवाह एकै स्थानबाट उपलब्ध गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा भवन निर्माणको लागी आवश्यक ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादतालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको छ । पालिकाको भवन निर्माणको लागी जग्गाधनीहरु नमराज लामिछाने, भूमिरमण लामिछाने, मोदकुमारी लामिछाने, लालबहादुर तामाङ, ढकानन्द र हिरामाया भण्डारी, मोदनाथ लामिछाने, अरबिन्द विष्ट कृष्णप्रसाद घिमिरे, लाटीमाया लामिछाने, कोपिला सापकोटा र लाभा प्रसाद घिमिरेले निःशुल्क रुपमा पालिकाको भवन बनाउन ६ रोपनी जग्गा उपलब्ध गराउनुभएकाले उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद् तथा काँग्रेसका प्रभाशाली नेता अर्जुननरसिंह केसीले दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web