त्रिशुली । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको आरोपमा नुवाकोटका एकजना सहित आठजना पक्राउ परेका छन् ।
आइतबार काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मेलन गरी त्यसको सरकारी कर्मचारी बनेर अगुगमन गर्न जाने र सोही क्रममा ठगी गर्ने गरेको जानकारी पाएसगैँ उनीहरुलाई पक्राउ गरेर कारबाही गरिएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका १ की २१ वर्षीया अञ्जना तामाङ सहित पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।
उनीहरुले आफूलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी रहेको बताउदै कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित पाँच लाख आठ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको छ । प्रहरीले उनीहरू विरुद्ध ठगी र किर्ते गरेको आरोपमा मुद्दा चलाउने जनाएको छ ।
20.06¡ÆC