नुवाकोटका २५ जनाले बुझाए चुनावी खर्च विवरण, अजुर्ननरसिंह केसीको खर्च २७ लाख रुपैयाँ

मंसिर २६, २०७९ मा प्रकाशित | 252 views

त्रिशुली । यही मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फबाट उम्मेदवार भएका ६३ जना मध्ये अहिलेसम्म २५ जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटको अनुसार अहिलेसम्म निर्वाचन क्षेत्र नं .१ को संघीयतर्फ १७ जना उम्मेदवार मध्ये पाच जनाले खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा देवराज घिमिरे, सफलता बोगटी, निर्मल लामिछाने, केशवप्रसाद उप्रेती र श्यामबहादुर गुरुङ रहेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं .१ को प्रदेस–१ मा सात जना उम्मेदवार मध्ये अहिलेसम्म २ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा शेरबहादुर विश्वकर्मा र कर्म तामाङ रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र नं .१ को प्रदेस–२ मा नौ जना उम्मेदवार रहेका मध्ये अहिलेसम्म दुई जनाले मात्रै खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा उम्मेदवारहरु रामकृष्ण ढकाल र दिपेश राई रहेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं .२ मा ११ जना उम्मेदवार रहेकोमा अहिलेसम्म ५ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ । उहाँको अनुसार खर्च विवरण बुझाउनेमा गायत्री दाहाल, प्रेममाया तामाङ, अर्जुननरसिंह केसी, झनक प्याकुरेल र बिनोद कुमार तामाङ रहेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं .२ को प्रदेस–१ मा १३ जना उम्मेदवार मध्ये अहिलेसम्म ६ जनाले खर्च विवरण बुझाएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटको अनुसार खर्च विवरण बुझाउनेमा केशवराज पाण्डे, रामप्रसाद ढुङ्गाना, चन्द्र तामाङ, भरत कुमाल, इश्वरी कुमार र गिता अमात्य रहेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं .२ को प्रदेस–२ मा ६ जना उम्मेदवार मध्ये अहिलेसम्म चार जनाले खर्च विवरण बुझाइसकेको पाइएको छ । निर्वाचन कार्यालयको अनुसार खर्च विवरण बुझाउनेमा दिलमान तामाङ, रणप्रसाद न्यौपाने, बहादुरसिंह लामा तामाङ र सिंगराज घले रहेका छन् ।

नुवाकोटबाट ६ पदको लागी प्रत्यक्षतर्फ ६३ जनाले उम्मेदवारी दिएको मध्ये अहिलेसम्म निर्वाचित भएका क्षेत्र नं. २ तर्फका तीन जनाले उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । निर्वाचित उम्मेदवार अजुर्ननरसिंह केसीले चुनावमा २७ लाख ६३ हजार खर्च गरेको उल्लेख गरिएको छ ।

यस्तै, प्रदेस–१बाट निर्वाचित उम्मेदवार रामप्रसाद ढुङ्गानाले १२ लाख ७४ हजार खर्च विवरण पेश गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी केशवराज पाण्डेले बिजयी भएको उम्मेदवारको भन्दा बढी अर्थात १३ लाख ८० हजार रुपैयाँ खर्च गरेको र उम्मेदवारी निष्क्रिय गरेको बताउने काँग्रेसका उम्मेदवार गिता अमात्यले ८५ हजार रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । यस्तै, प्रदेस–२ का निर्वाचित उम्मेदवार बहादुरसिंह लामाले १३ लाख ६५ हजार खर्च गरेको उल्लेख गर्नुभएको छ

प्रत्यक्षतर्फको उम्मेदवारहरुल् निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले ३५ दिनभित्र उम्मेदवारले गरेको खर्च विवरण बिल भपाई, बैंक विवरण सहितको प्रमाण समावेश गरेर उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालयमा आफै उपस्थित भएर अथाव तोकिएको प्रतिनिधि मार्फत वा सम्बन्धित राजनीतिक दल मार्फत चुनावी खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ । यस्तै, समानुपातिक तर्फको उम्मेदवारले भने खर्च विवरण बुझाउन निर्वाचन आयोगमा नै जानुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको समयभित्र नबुझाउनेलाई उम्मेदवारले जति खर्च गर्न पाउने सीमा तोकिएको छ सोही बराबरसम्मको जरिवाना हुने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

नुवाकोटमा निर्वाचन क्षेत्र नं .१ को उम्मेदवारले ३१ लाख र निर्वाचन क्षेत्र नं .२ को उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । यस्तै, चारवटै प्रदेसको उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web