ब्राजिलका मुख्य प्रशिक्षक टिटेको राजीनामा

मंसिर २४, २०७९ मा प्रकाशित | 330 views

काठमाडौँ । ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् ।

कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web