नुवाकोटबाट सिता मिजार सांसद् बन्ने पक्का, डा. महतको सम्भावना मात्र

मंसिर २३, २०७९ मा प्रकाशित | 403 views

त्रिशुली । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न भएसगैँ सातवटा दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको हैसियत प्राप्त गरेका जनाएको छ ।

नेकपा एमाले पहिलो दल हुँदै ३४ सिट प्राप्त गर्दा समानुपातिकमा दोस्रो हैसियतसहित समग्रमा पहिलो पार्टी बनेको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसमा एकमात्र महिला उमेदवारले जितेका कारण समानुपातिकतर्फ जम्मा तीन वा चारजना मात्र पुरुषले अवसर पाउने भएका छन् ।

संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण नेपाली कांग्रेसका समानुपातिकतर्फका धेरै जना पुरुषहरु भने समानुपातिकतर्फको सूचीमै सीमित हुने देखिएको छ । खास आर्य समुदायबाट पहिलो नं .मा नै नाम समावेश भएको नुवाकोटका नेता तथा पाटी प्रवक्ता डा.प्रकाशशरण महत समेत सासद् हुने कि नहुने अझै अन्योल रहेको छ । पाटी प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाशशरण महत सांसद् बन्न सक्ने आधार कमजोर भएपनि नुवाकोटबाट समानुपातिक सूचीमा नाम समावेश भएको सिता मिजार भने संघीय सांसद् हुने पक्का जस्तै भएको छ ।

समानुपातिकतर्फ २८ जना महिला अनिवार्य भएकाले बढीमा चारजना पुरुष पर्ने सम्भावना भएकाले त्यसभित्र नुवाकोटका नेता डा.प्रकाशशरण महत अटाउन सक्ने आशा देखिएको हो ।

नेपाली काँग्रेसले आदिवासी जनजातिबाट आठ जना, खस आर्यतर्फबाट नौ जना, मधेसी तर्फबाट पाच जनालाई समावेश गराउनुपर्ने सामानुपातिक पद्धतीमा देखिएको छ ।

यस्तै, दलित तर्फ पाच जना, थारु तर्फ दुई जना र मुस्लिम तर्फबाट एक जनालाई समावेश गराउनुपर्ने संबैधानिक बाध्यता काँग्रेसलाई परेको छ । अब काँग्रेसले पाएको ३२ जनाको भागमा कम्तिमा २८ जना महिलालाई अनिवार्य राख्नुपर्ने भएकाले दलित समुदायबाट नुवाकोटका नेता सिता मिजार ८ जना मध्ये तेश्रो नं. मा नै पर्ने निश्चित भएको हो भने खसखार्य समुदायबाट खुल्लाबाट नाम भएका नुवाकोटका नेता डा.प्रकाशशरण महतको लागी भने विकल्पको रुपमा मात्रै समावेश गर्न सक्ने देखिएको हो ।

नुवाकोटका नेता डा.प्रकाशशरण महतलाई सांसद् बनाउनको लागी अन्य समुदायबाट कम्तिमा २८ जना महिला समावेश गरेपछि खसआर्य समुदायबाट अन्तिम उमा दाहाललाई हटाएमा मात्रै डा.प्रकाशशरण महत सांसद् हुने सम्भावना देखिएको हो ।

यसैगरी, मधेसी कोटाबाट बिमलेन्द्र निधि सांसद् हुनको लागी सूचीको निनुकुमारी कर्णलाई हटाउनुपर्ने छ भने दलित समुदायबाट विष्णुमाया परियारलाई हटाएमा मात्रै काँग्रेसले जीवन परियारलाई सांसद् बनाउन पाउने छ भने मुस्लिम समुदायबाट महिला उम्मेदवार जावेदा खातुनलाई हटाए मात्रै फर्मुल्लाह मन्सुरलाइ सांसद् बनाउन पाउने भएको छ ।

नेपाली काँग्रेसले पाएको ३२ जनाको कोटामा २८ जना महिला अनिवार्य समावेश गराउनुपर्नेछ भने बाँकी रहेको चार पदमा पनि सम्बन्धित क्लष्टरको महिला उम्मेदवारलाई हटाएर मात्रै पुरुष उम्मेदवार प्रवेश गराउन सक्ने भएकाले नुवाकोटको नेता डा.प्रकाशशरण महतको सांसद् बन्ने सम्भावना जिवित रहेको र खसआर्य समुदायबाट उमा दाहाललाई हटाएको अवस्थामा उहाँलाई सांसद् बनाउन कानूनले दिने देखिएको हो । नुवाकोटको नेता सिता मिजार भने सहजै सांस्द बन्न पाउने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web