काठमाडौँ । प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे छ । आज बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र सर्वाेच्च अदालतमा पठाएकाे हाे ।
याेसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटाे खुलेकाे छ ।
यसअघि गएकाे फागुन १ गते जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा पर्नुभएकाे थियाे ।
प्रतिक्रिया