नुवाकोटमा राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन विदुर नगरपालिकाले पहल थाल्ने

त्रिशूली । नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिको अध्यक्ष, सचिव, कोषाध्यक्षले नुवाकोटमा राष्ट्रियस्तरको खेल मैदान अर्थात क्रिकेट स्टेडियम बनाउनको लागी विदुर नगरपालिकासंग सहकार्य गर्ने भएको छ । आज विदुर नगरपालिकाको कार्यालयमा नगरप्रमुख राजन श्रेष्ठसंगको भेटमा नेपाल क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंहले काठमाडौबाट नजिकै पर्ने र यहाँको हावापानी प्रतियोगिता सञ्चालनको लागी अनुकुलित भएकाले अन्तराष्ट्रियस्तर सम्मको भए उत्तम हुने गरेर कम्तिमा राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने विषयमा छलफल भएको हो ।

नेपाल क्रिकेट संघका पदाधिकारीले नुवाकोटमा मैदान बनाउन सकिएमा राष्ट्रियस्तरमा हुने प्रतियोगिता नुवाकोटमा सञ्चालन गर्न सकिने र नेपाले अन्तराष्ट्रिय प्रतियोगिताको लागी प्रस्ताव पेश गर्ने क्रमममा नुवाकोटमा मैदान निर्माण भएमा प्रतियोगिता गराउनको लागी सक्ने दाबेदारी अझै बलियो हुने भएकाले विदुर नगरपालिकालाई मैदान निर्माणको लागी पहल गर्न आग्रह गरेका छन् ।

May be an image of 6 people and people standing

नेपाल क्रिकेट संघका पदाधिकारीको प्रस्ताव अनुसार नगरप्रमुख राजन श्रेष्ठले नुवाकोटमा क्रिकेटको मैदान अर्थात स्टेडियम बनाउनको लागी स्थानीय सरकारको तर्फबाट जग्गाको खोजी गर्ने र जग्गा प्राप्तीको कानूनी प्रक्रियाको लागी सहजिकरण गर्ने र संरचना निर्माणको लागी आवश्यक समन्वय गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।

त्यसको लागी जिल्ला स्थित क्रिकेट संघको पदाधिकारीहरुसंग निरन्तर संवाद अघि बढाएर जग्गाको खोजी कार्य अब सुरु गर्नको लागी नगरपालिकाको तर्फबाट उहाँले सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।

यसैगरी, नगरप्रमुख राजन श्रेष्ठले क्रिकेट सहित सम्पूर्ण खेल क्षेत्रको विकासको लागी विदुर नगरपालिका सदैव सकारात्मक रहेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

TOP