डा. तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

मंसिर १९, २०७९ मा प्रकाशित | 258 views

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् ।

आइतबार उनले काउन्सिलमै पुगेर राजिनामा बुझाएकी हुन् । उनको राजीनामा स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको काउन्सिलले जनाएको छ ।

उनी २०७८ मा नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएपछि उनले काउन्सिलको सदस्यबाट राजीनामा नदिइ लाभको पदमा रहेर उमेदवारी दिएको भन्दै याे मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web