नुवाकोटमा १२ राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवारको जमानत जफत

मंसिर १९, २०७९ मा प्रकाशित | 404 views

त्रिशुली । नुवाकोटमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी १२ वटा राजनीतिक दलका उम्मेदवार जमानत जफत भएको छ । १२ राजनीतिक दलका उम्मेदवार सहित स्वतन्त्र उठेका अन्य ११ जना उम्मेदवारको पनि जमानत अर्थात धरौटी जफल भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा १४ दलका र ३ स्वतन्त्र उम्मेदवार निर्वाचनमा सहभागी भएकोमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दल र स्वतन्त्रको आफ्नो धरौटी जफत गरिएको हो ।

जमानत जफत हुनेमा राप्रपा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक मञ्च, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल, जनसमाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस बीपी, र ३ स्वतन्त्र रहेका छन् ।

यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा ११ उम्मेदवार सहभागी भएकामा राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपालका र ३ स्वतन्त्र गरी ८ जनाको जमानत जफत भएको छ ।

यस्तै, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१) मा ७ जना उम्मेदवार भाग लिएका थिए । त्यसमा राप्रपा, नेमकिपा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र मंगोल नेसनल अर्गनाइजेसनका गरी ५ जना उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२) मा ९ जना उम्मेदवार भाग लिएका थिए । हाम्रो नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, नेष्नलिष्ट पिपल्स पार्टी गरेर ६ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (१) मा १३ जना उम्मेदवार भाग लिएका थिए । राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कांग्रेस बीपी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र ३ जना उम्मेदवार गरी १० जनाको जमानत जफत भएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं. २ प्रदेश सदस्य (२) मा ६ जना उम्मेदवार भाग लिएका थिए । राप्रपा, मंगोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, एकजना स्वतन्त्रसहित ४ जनाले आफ्नो धरौटी जागाउन नसकेर जमानत जफत भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौती दाखिला गरेको रकमको धरौटी जफत हुने प्राबधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web