अबको संसद र कार्यकारी राष्ट्रपति

मंसिर ११, २०७९ 2022-11-27 मा प्रकाशित
Published at 2022-11-27

795 views

प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचनको मत परिणाम अन्तिममा पुगेको छ । अबको राजनीति यात्रा के होला ? नयाँ सरकार कसरी बन्छ होला ? नयाँ सरकारको नेतृत्व कसले गर्छ त ? यस्तो छ कानूनी व्यवस्था :

१. मन्त्री परीषदको गठन :

अबको पन्घ्र दिन भित्रमा नेपालको संविधानको धारा ७६ को उपधारहरु १. १३८ संसद भएको दल, २. दुइ भन्दा वढि दलहरु मिलेर, ३. सबै भन्दा ठुलो दल र ५.कुनै पनि प्रतिनिधि सभा सदस्य मध्येबाट मन्त्री परीषदको गठन वर्तमान राष्ट्रपतिले गर्नेछिन तर यी उपधाराहरुबाट मन्त्री परीषदको गठन सम्भव भएन भने चाहि उपधारा ७. छ महिना भित्रमा नयाँ जनादेशका लागि निर्वाचन, लागु हुनेछ ।

२. अबको संसद :

प्रत्येक ५/५ वर्षमा प्रकृतीद्धारा नै सबै तत्वहरु परीवर्तन हुने हुनाले सरकार संचालकहरुको निर्वाचन पनि ५/५ वर्षको अवधि राखिएको हो । ५ वर्षमा मतदाता मृतकहरुको संख्या र नयाँ मतदाताहरुकमो संख्या बराबर हुन्छ भन्ने अनुमान छ । स्वाभावैले ५ वर्षको अन्तरालमा व्याक्ति समाज र वातावरणमा पनि आमुल परीवर्तन आइसकेको हुन्छ । यसपालिको निर्वाचनले नेपालको संसदमा महाअस्थिरता सृजना गरीदिएको छ । कंगे्रस एमाले स्वातन्त्र माओवादी राप्रपा समाजवादी जसपा लोसपा उन्मुक्ति जनमत जनमोर्चा मजदुर र स्वातन्त्रहरु गरेर जम्मा १३ वटा राजनैतिक दलहरुको आगमन हुदैछ ।कग्रेंस एमाले स्वातन्त्रले सरकार बनाउन अरु सबै पाटीका संसदहरुलाइ फकाउनु पर्नेछ । यसपालि संसदमा जिऊदा भ्यागुत्ताहरुको धार्नी टिकाउनु पर्ने हुन्छ । यसले गर्दा एउटा मन्त्रीपरीषको आयु ६ महिना भन्दा बढि नहुन सक्छ । उपेन्द्र यादव र कमल थापालाइ पहिले मुसा संसद भनिन्थ्यो । तर संविधानको धारा १०० को उपधारा ४ ले २ वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यावस्था गरेको छ । यसपालिको संसदले पनि नेपालमा आधुनिक विकासको लहर ल्याउन सक्ने छैन किनकि यसपालि पनि कालो गयो कालै आयो मात्र भएको छ ।

३. अबको राष्ट्रपति :

नेपालले भारतको शासन व्यावस्था नक्कल गर्दा र भारतले पनि वेलायतको संसदिय शासन व्यावस्था नक्कल गर्दा नेपालमा संबैधानिक राष्ट्रपति व्यावस्था भएको हो । संविधानको धारा ६२ अनुसार नेपालमा राष्ट्रपतिको निर्वाचन हुनेछ । अबको राष्ट्रपति बन्न नेपालमा झलनाथ खनाल, बाबुराम भट्टराइ, कृष्ण बहादुर महरा, रामचन्द्र पौडेल, राम बहादुर थापा बादल, नन्द किशोर पुन, महन्त ठाकुर, विद्या देवि भण्डारी र आरजु राणा देउवा लाम लागेर बसेका छन । यदि बाबुराम राष्ट्रपति बनेनन् भने हिसिला यमि जसरी पनि उपराष्ट्रपति बन्ने भद्र सहमति भएको हुन सक्छ । हालको अंक गणीतका अनुसार आरजु देउवा नै राष्ट्रपति बन्ने छिन । आरजुले ज्योतिषिसंग शुभ मुहुर्त हेराउदाँ मंसिर ४ गते चुनाव गराएमा उनि राष्ट्रप्रमुख बन्ने पक्का थियो । त्यसैले उहाँको इच्छानुसार नै मंसिर ४ मा निर्वाचन भयो । प्रचण्डले नेपालमा कार्यकारी राष्ट्रपति शासन हुनुपर्छ भनेर फागुन देखि संसद, सरकार र सडकबाट आन्दोलन गर्नेछन । यो आन्दोलनलाइ आम नागरिकहरुले साथ दिनेछन किनकि अब नेपालको विकास अस्थिर संसदिय प्रणालीबाट सम्भव पनि छैन । तर प्रचण्डसंग पनि आधुनिक नेपाल बनाउने योजना प्रकृया र कार्यदल छैन । नत्र त उनले विस २०६४ साल देखि नै आधुनिक नेपाल बनाउन शुरु गरीहाल्थे । कसरी बन्छ त आधुनिक नेपाल ? यसका ३ रणनीतिहरुका बारेमा पछि वेलिविस्तार गरीनेछ ।

-सफलता बोगटी

(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.