सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर ‘फेक’

मंसिर ११, २०७९ मा प्रकाशित | 265 views

काठमाडौँ ।अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटाे अर्थात् ‘फेक’ भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो ‘फेक’ भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ ।

अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले खिचेको भनिएका तस्बिरमा शङ्का लागेपछि म्यागजिनका विज्ञको टोलीले अध्ययन गरेको थियो । हिउँ चितुवा संयोगवश जो कसैले भेटेर तस्बिर खिच्न पाउने भए पनि तस्बिरको संरचना, प्रकाश, तिनीहरूको स्थान लगायतको सत्यतामा समस्या रहेको टोलीको निष्कर्ष छ ।अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो नक्कली प्रमाणित « Janata  Times

अलपाइन इन्टरनेशनल म्यागजिनले प्रकाशन गरेको एउटा लामो तथ्य जाँच रिपोर्टमा पावलोस्कीका तस्बिरहरू उत्कृष्ट भए पनि तिनीहरू प्राकृतिक नभइ ‘फोटोशप’ जस्ता सफ्टवेयर प्रयोग गरेर तयार पारिएको उल्लेख छ । रिपोर्टमा पावलाेस्की फोटोशप चलाउने काममा विज्ञ रहेको उल्लेख छ ।

किटिया पावलोस्कीले आफ्नो वेबपेज र इन्टाग्राममा फोटो सार्वजनिक गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक भएको थियो । अमेरिकी दूतावासले नै शेयर गरेपछि नेपालका सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा हिउँ चितुवाको फोटो भाइरल भएको थियो ।

कितियाको फोटोले जन्माएको हिउँ चितुवा बहस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web