नुवाकोटको देवीघाटमा रहेको संस्कृत माबी ‘सेफ्टी स्टार रेटिङ’मा प्रबेश

मंसिर ९, २०७९ मा प्रकाशित
Published at 2022-11-25

270 views

नुवाकोट । बिदुर नगरपालिका को देबिघाट स्थित सहिद जगत प्रकाश जङ शाह संस्कृत माबी सेफ्टी स्टार रेटिङ शुरु गर्ने नुवाकोटको पहिलो स्कुल भएको छ। नासा नेपाल को सहयोगमा सुरक्षीत बिध्यालय, सुरक्षित यात्रा र सुरक्षित विद्यार्थीको लागि सेफ्टी रेटिङ गरिएको हो। सन्सारमा दैनिक पैतिस सय नागरिको अकाल मृत्यु भैरहेको सडक दुर्घटनामा नेपालमा समेत दैनिक 8 जनाले ज्यान गुमाइ रहेका छन। बिक्रम सम्बत 2055 सालमा स्थापित यस स्कुलमा 5 सय ज्यादा बिध्यार्थी छन भने संस्कृत माध्यममा पनि पढाइ हुने गरेको छ। बिध्यार्थी लाई शैद्धान्तिक सङगै ब्यबहारिक ज्ञान समेत दिदा र उनिहरुको यात्रा सहज हुदा अभिभावक तथा समाजले समेत ढुक्क हुने अवस्था रहन्छ । बिध्यालय अगाडि जेब्रा क्रसिङ , 30 किमि स्पिड लिमिट र स्कुल एरिया लेखिएको विभिन्न बोर्ड समेत राखिएको सहिद जगत प्रकाश जङ शाह संस्कृत माबीका प्राधानध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो ।
त्यस्तै बिध्यालय मा रोड सेफ्टी क्लब गठन गरिएको छ र सबै बिध्यार्थीलाई नासा नेपालका निर्देशक गोबिन्द भट्टराई र ट्रान्सपोर्ट इन्जिनियरहरुले सुरक्षीत यात्राको तालीम समेत दिनुभएको छ ।
अन्तरास्ट्रिय रोड एसिस्मेन्ट प्रोग्राम अन्तरगत अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन ले बिश्वभर स्टार रेटिङ स्कुल बनाउने गर्दछ । नेपालभर हाल 14 वटा स्कुल कलेज मा यश अभियान शुरु गरिएको छ।

थप तस्वीरहरु :

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.