चुनाबि प्रचारकै क्रममा एक दिन बेलुकि बास् बस्ने क्रममा नुवाकोटका भर्खर उम्रेको भाईरल पार्टीका उम्मेदवार संयोगले एउटै होटेलमा परेछन् र यस्तो रमाईलो वातचित भएछः-
पहिलो उम्मेदवारः तँपाई पनि उम्मेदवार ?
दोस्रो उम्मेदवारः हो त अनि तँपाई पनि हो र?
पहिलो उम्मेदवारः हो नि ! ल हामि प्रतिस्पर्धि पो परेछौं !
दोस्रो उम्मेदवारः अँ त है! सांच्चि यो हामि बसेको यो कुन ठाँउ हो ?
पहिलो उम्मेदवारः खै नाम त मलाई नि ठ्याक्कै था छैन त !
दोस्रो उम्मेदवारः गुगल म्याप पो हेर्नु पर्ने भो!
पहिलो उम्मेदवारः अनि म जस्तै एक्लै हुनुहुन्छ त कार्यकर्ता छैनन् ?
दोस्रो उम्मेदवारः छैनन् नि हजुर । मेरो त भर्खर खुलेको दल पर्यो ।
पहिलो उम्मेदवारः ए हो र! मेरो नि त उस्तै हो।
दोस्रो उम्मेदवारः हँ!! साँच्ची तँपाई कुन दलको नि!
पहिलो उम्मेदवारः तेहि के त , अहिलेको भाईरल दल...
दोस्रो उम्मेदवारः (बिचमै रोक्दै) अरेरेरे!!! म नि तेहि दलको त हो नि!!
पहिलो उम्मेदवारः अरे के भन्नुहुन्छ !!! यो के गरेको हाम्रो पार्टिले !!!
दोस्रो उम्मेदवारः लौन के हो!! खोई तँपाईको टिकट हेरौं त!!
पहिलो उम्मेदवारः (मोबाईलमा देखाउँदै) ल हेर्नुस ।
दोस्रो उम्मेदवारःहैट!!! यो जिल्लामा त २टा पो निर्वाचन क्षेत्र रेछ!!
पहिलो उम्मेदवारः ल मैले नि एउटै पो सोचिरा ! अनि तँपाइको चैं कुन कुन ठाँउ पर्छ नि?
दोस्रो उम्मेदवारः ल मलाई नि के था ! मेरो पुर्खाहरु चै यतैका रे !
पहिलो उम्मेदवारः ल कस्तो संयोग !! हामि दुबै पो टुरिष्ट उम्मेदवार परेछौं !!!
दोस्रो उम्मेदवारः तेहि त अचम्म !! अब कसरि क्षेत्र छुट्यार भोट माग्न हड्ने होला!!
पहिलो उम्मेदवारः बरु यसो गरौं, हामि जता गय नि संगै जाउँ। दुबैलाई संगै भोट मागौँ ।
दोस्रो उम्मेदवारःएकदम सहि भन्नु भो ! जनताको लागि हामि अरु जस्तो आफु-आफु लड्ने होईन भन्न पाईयो।
पहिलो उम्मेदवारःहो त नि। आफ्नो निर्वाचन क्षेत्र छुट्याउन गुगल म्याप हेरिरन नि परेन!
दोस्रो उम्मेदवारः अनि ति पुराना दल गठबन्धन भन्छन, आफ्नै दलको त नोमिनेसन अलग अलग हुलमा गर्छन्। न भोट माग्न संगै हिड्न सक्छन् ! लुकि लुकि तेस्लाई चै नहाल भोट भन्दा त रेछन् !
पहिलो उम्मेदवारः हो हामिलाई यहि कुराको आधारमा नि भोट हाल्छन्। केन्द्रमा हाम्रो दलको चुनाव चिन्ह भाइरल छदैं छ ।
दोस्रो उम्मेदवारः सहि कुरा गर्नुभो । उस्तै परे हामिले जितिहाल्न नि सक्छौं !
निश्कर्षः अहिले देखिएको भोटको नतिजा नयाँ आएका राम्रा छन् भन्ने नभई पुराना एउटै अनुहार र पटक पटक अवसर पाईसकेका असफल नेता तथा दल प्रतिको चरम असन्तुष्टि ,राज्य सत्तामा रातोदिनको लुछाचुँडी, वाक्क दिक्क , पिडा, भोग्नु परेको दुःख, बिस्वमा नै पछौटेपन र निरासा बोलिराको छ जुन् अन्तिम बिकल्प र पुर्ण भरोसा पनि होईन । नयाँ आउनेमा हुन सक्ने सम्भाबनाको दियो देखेर बिकल्प बोलिराका छन् तर पुर्ण सचेत हुन अझै केहि समय लाग्ला कि ! नत्र बिकल्प मात्रै खोज्दा केहि भएको वर्तमान भन्दा नि जड नहोला भन्न सकिन्न ! जस्तो कि मनाङमा भएको सर्बसम्मत निर्वाचित उम्मेदवार !!! बिकल्प नै नदेखेको बेलामा केहि हद सम्म सचेत देशको राजधानिले नानिमैया दाहाललाई जिताई दिएको ईतिहास् पनि भुल्नु हुदैन ।