काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ । उहाँको यो ह्याट्रिक जित हो । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।
थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले हराउनुभयो । संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन–२०७० मा काठमाण्डौ–४ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो ।
त्यस्तै, प्रतिनिधि सभा सदस्यमा–२०७४ मा पनि त्यहाँबाटै निर्वाचित हुनुभएको थियो ।