रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

मंसिर ६, २०७९ मा प्रकाशित | 258 views

काठमाडौँ । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ । सिंहले ७ हजार १४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको छ ।

मिश्रकोभन्दा १२५ मत बढी ल्याएर सिंह विजयी हुनुभएको हाे । काठमाण्डाै १ बाट प्रतिनिधिसभा सदस्यकाे लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।

वि. ‍स. २०७४ काे प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रकाे भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web