देउवा, ओली, प्रचण्ड र नेपालको अग्रता कायमै

मंसिर ६, २०७९ मा प्रकाशित | 383 views

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आआफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ ।

पछिल्लो मतपरिणामअनुसार डडेलधुरामा देउवाको ३ हजार ९९२ मत आउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालको १ हजार ९०८ मत आएको छ । कांग्रेस बीपीका कर्णबहादुर मल्लको १ हजार ९ सय ८ मत आएको छ ।

झापा ५ मा ओलीले ५ हजार १ सय ६३ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारीको २ हजार ५७५ मत आएको छ । गोरखा २ मा प्रचण्डको २ हजार ४८३, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीको ६०७ र एमालेका अब्दुस मियाँको ४६६ मत आएको छ ।

यस्तै रौतहटमा माधव नेपालको ४ हजार २८३ र एमालेका अजयकुमार गुप्ताको ३ हजार ६०२ मत आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web