मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’

मंसिर ५, २०७९ मा प्रकाशित | 289 views

मुस्ताङ । मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो ।

दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web