नेपालसंग युएई ६ विकेटले पराजित

मंसिर ३, २०७९ मा प्रकाशित
Published at 2022-11-19

66 views

काठमाडौँ । यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।

यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।

नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित हुँदा दाेस्राे खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएकाे थियाे । याे जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नाे पक्षमा पारेकाे हाे ।

याेसँगै नेपालले घरेलु मैदानमा पहिलाे पटक शृङ्खला जितेकाे हाे । गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलकाे एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.