नुवाकोट जिल्लाभर सबै मतदान केन्द्रमा कर्मचारीलाई खटाइदै

त्रिशुली । मंसिर ४ गते हुने आमनिर्वाचन अन्तरगत मंसिर ४ मा चुनाव गराउन खटाइने कर्मचारीलाई नुवाकोटमा हिजो बुधबार देखि नै मतदान स्थलतर्फ पठाउने भएपनि जिल्लाभरको केन्द्रमा आज (बिहीबार) एकै साथ पठाइएको छ ।

चुनाव गराउन छनोट गरिएका मतदान अधिकृत सहितको कर्मचारीलाई हिजो कात्तिक ३० देखि निर्वाचन सामाग्रि दिएर सुरक्षाकमीको साथमा मतदान केन्द्रतर्फ पठाउने तयारी गरिएको भएपनि अधिकांश मतदान स्थल विद्यालयमा भएकाले हिजो बुधबार कक्षा सञ्चालन गर्नुपर्ने, तोकिएको मतदान केन्द्रमा एकै दिनमा पुग्न सकिने भएकाले जिल्लाभरका केन्द्रमा आज बिहीबार एकै चरणमा एकै पटक कर्मचारी पठाउन लागेको नुवाकोटका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार चुनाव गराउन जिल्लामा रहेका एकसय ३२ मतदान स्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले खटाउन लागिएका मध्ये टाढाको कर्मचारीलाई हिजो बुधबार  नै खटाउने पूर्व तयारी भएपनि हिजो बुधबार  निर्वाचन सामाग्रि दिएर मतपत्र आज बिहीबार नै उपलब्ध गराउन लागिएको हो ।

हिजो बुधबार निर्वाचन सामाग्रि बुझेका कर्मचारीहरुलाई मतपत्र आजै दिने र निर्वाचन सामाग्रि बुझ्न बाँकी सबैलाई आज बिहीबार एकैसाथ निर्वाचन गराउन चाहिने सामाग्रि र मतपत्र दिएर सुरक्षाकर्मीको साथ लगाएर पठाउन लागिएको हो । चुनाव गराउनका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालीम प्रदान गरेर तयारी अवस्थामा राखिएको छ ।

उनीहरुलाई मतपत्र सहितको विभिन्न २८ प्रकारका निर्वाचन गराउन चाहिने सामाग्रिहरु र चुनावको लागी मतदान स्थल बनाउनको लागी खर्च सहित सुरक्षाकर्मीको साथमा हिजोदेखि पठाउने तयार गरेको भएपनि विद्यालयहरु आज मंसिर १ गतेसम्म सुचारु हुने, तोकिएको केन्द्रमा एकै दिनमा पुग्न सकिने भएकाले मतदान केन्द्रमा आज बिहीबार एकै पटक सबै स्थानमा कर्मचारी खटाउन लागिएको हो ।

नुवाकोटमा आगामी मंसिर ४ मा हुने निर्वाचनको लागी दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेससभा गरेर ६ पदको लागी प्रत्यक्षतर्फ कुल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

उनीहरुलाई नुवाकोटमा कायम रहेका दुई लाख ३९ हजार ७२६ जना मतदाताले चुन्नको लागी यही मंसिर ४ गते तोकिएको केन्द्रमा पुगेर मतदान गर्नको लागी आवश्यक सुरक्षा सहितको प्रबन्ध उचित रुपमा मिलाइएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

TOP