त्रिशुली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोटको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार अजुर्ननरसिंह के सीले सत्तारुढ दलहरु बीचको गठबन्धन संबिधानको रक्षाको लागी भएको बताउनुभएको छ ।
नुवाकोटको म्यागङ गाँउपालिका वडा नं ४ सामरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धन सत्ता प्राप्तीको लागी नभएको काँग्रेस नेता अजुर्ननरसिंह के सीले स्पष्ट पार्नुभएको छ ।
नेकपा (एमाले)ले संबिधान माथी आक्रमण गरेर प्रतिनिधिसभा भङ्ग, न्यायलय र संबैधानिक निकाय माथी गरेको हस्तक्षेप विरुद्ध संबिधानको संरक्षण र नेपाली जनताको अधिकारको रक्षाको लागी दलहरुबीच गबठन्धनको आवश्यकता महशुस भएको उहाँले बताउनुभएको छ ।
लोकतान्त्रिक–बाम गठबन्धन कुनै उम्मेदवारलाई बिजयी गराउन भन्दापनि जनताको मौलिक अधिकारको रक्षाको लागी राष्ट्रिय आश्यकता बनेकाले सोही अनुसार यो सन्देशलाई जनतासम्म पुराउनुपर्ने काँग्रेसका नेता तथा नुवाकोट निर्वाचन क्षेत्र नं. २ बाट आगामी आम निर्वाचनमा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार अजुर्ननरसिंह के सीले बताउनुभएको छ ।