बिद्रोह गर्न पाउनु जनताको मौलिक अधिकार हो : प्रतिनिधिसभा सदस्यको उम्मेदवार बोगटी 

कार्तिक २८, २०७९ मा प्रकाशित | 1028 views

मानिसलाइ जब कानुन बमोजिम पनि काम गर्न दिइन्दैन भने मानिस स्वाभाबैले विद्रोही बन्छ । नेपालको संविधानमा पनि बिद्रोह गर्न पाउने जनताको मौलिक अधिकार अन्तरगत राख्नु पर्छ भनेर आवाजहरु उठेका थिए । मंसिर ४ गतेको मत गणनाको परीणाम पछि हालको अंक गणीतले देखाएको अस्थिर सरकारका कारण मानिसहरुमा राजनैतिक उकुसमुकुस अति नै बढेर जानेछ । यसले आम समुदायलाइ डिपे्रसनमा लैजानेछ । आम समुदाय नै डिपे्रसनमा गएपछि यसले फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वातन्त्रे संग्राम, मध्य पुर्वको सन २०११ को चमेली क्रान्ति आदि नेपालमा ल्याउने छ । युरोपको पुर्नजागरण जस्तै नेपालमा आउने यस आम जनताको विद्रोही मानसिकताले भने नेपालको हालको व्यावस्था र नेपाली जनताको हालको अवस्थामा आमुल परीवर्तन गर्नेछ । आउदा दिनहरुमा राजावादी पाटीहरुले जित्नु भनेको नेपाली जनताहरु १ कदम अगाडी सरेर २ कदम पछाडी सर्नु जस्तै हो । तर आउने क्रान्ति वा जन विद्रोहले भने नेपाली जनताहरुलाइ ३ कदम अगाडी जाने र १ कदम पछाडी सार्ने मात्र बनाउदछ ।

केहि समय अगाडीको प्राध्यापक लोकराज बरालको लेखलाइ मनन गर्ने हो भने फेरी पनि कुनै एक दलको सरकार बनाउन सक्ने गरी साधारण बहुमत आएन भने जनताहरु नयाँ व्यावस्थाको खोजिमा सडकमा निस्कने छन । अहिलेको स्वातन्त्र उम्मेद्धारहरुले चाहि सदन र सरकारमा विद्रोह गर्न सक्नेछन । म चुनाव प्रचार प्रसारमा जाँदा विद्यालयका कतिपय शिक्षकहरुको दरीद्र मानसिकता देखेर छक्क परेकी छु । ति शिक्षकहरु भन्छन हामीले त आफ्नो पाटीको बाहेक अरुका घोषणा पत्रहरु नहेर्नु भन्ने पाटीको आदेश जारी छ अरे । मानिसहरुको मानसिक स्तर ज्यादै संर्किण, दास मानसिकता, हारेको मानसिकता, लघुताभाषको मानसिकता, श्रीमति र छोराछोरीलाइ हेप्ने मनसिकता, सानो संसारमा मात्र रमाउने मानसिकता भयो भने त्यो मान्छे बाँधेको पशु जस्तै मात्र हो ।

May be an image of 1 person and text that says "बा-आमालाई ठेकाउने, भ्रष्ठहरुलाई सेकाउने स्वतन्त्र तथा वैकल्पिक शक्तिको 'लौरो' अभियान नुवाकोट क्षेत्रनं.१ क्षेत्र प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार सफलता बोगठी,, सामाजिक अभियन्ता (नीति निर्माण तहमा सक्षम युवा तथा व्यवसायी) लौरो चुनाव चिन्ह स्वतन्त्र सरकार निर्माण गरौं भ्रष्टहरुलाई बिदाई गरौं 'मंसिर ४, स्वतन्त्र सरकार"

काठमाण्डौ बसेर सबै नेपाल बुझ्न सकिन्दैन । कहाली लाग्दो गरीविमा रमाएका जनताहरुलाइ कसरी स्तर उन्नती गर्ने भन्ने बारेमा १२/२७ गफ दिएर गरीवि हटाउन सकिन्दैन । हामी ३ करोड नेपालीलाइ गरीब बनाएर राख्ने र आफु चाहि सदासर्वदा मस्ति गर्ने तत्वहरुलाइ नेपाली जनताहरुले चिनी सकेका छन । निर्वाचन जस्तो नयाँ आउने स्थानमा पनि पुरानै अनुहारहरु ल्याउन गठबन्धन गर्नु अनैतिक काम हो । सक्ने हो भने पाटीहरु एक्ला एक्लै चुनाव लडे भै गयो नी । हिटलरले आफ्नो आत्मा कथामा लेखेका छन : गठबन्धन भनेको लंगडाहरुको समुह हो । एउटा दुबै खुट्टाहरु भएको मान्छे र १० जना एक खुट्टे लंगडाहरुको समुह दौडमा भाग लिए भने दुबै खुट्टाहरु भएको मान्छेले १० जना लंगडाहरुको समुहलाइ सजिलै जिति दिनेछ । चुनाव धाँदली रहित र निष्पक्ष हुनुपर्छ तर कतिपय कथित नेताहरु धाँदली गर्न सकिने स्थानमा गएर पनि चुनाव लडेका हुन भन्ने जनविश्वास छ ।
यसपालीको चुनावको परीणामलाइ जनताले ज्यादै अप्ठेरोका साथ स्वीकार्ने छन । तर यस पछिको अस्थिर सरकारको गतिविधिहरु विरुद्ध जनताहरुले गर्ने लोकतान्त्रीक विद्रोहलाइ स्वीकार्नु पर्छ र त्यो विद्रोहले मात्र नेपालमा सबैका लागि समानता स्वातन्त्र र न्याय दिलाउने छ । अबको राजनैतिक आन्दोलनको सहजकर्ता बन्न म सदनबाट, सरकारबाट र सडकबाट समेत तयारी मनसिकता बनाएर बसेकी छु । एउटा प्रगतीशिल उन्नतीशिल र गतिशिल नेपाल बनाउने मेरो पहिलो दोस्रो र तेस्रो कर्तव्य र उत्तरदायित्व हो । यसका लागि मलाइ तपाइहरुले नुवाकोट निर्वाचन क्षेत्र न : १ को प्रतक्ष्य तर्फको प्रतिनिधि सभा सदस्य पदमा मंसिर ४ गते मतदान गरीदिनु होस । मंसिर ४ गते, सफलतालाइ लौरोमा दिनु भोट, बैभवशाली बनाउछिन नुवाकोट । धन्यवाद ।

लेखक सफलता बोगटी यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनमा नुवाकोटको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा हाम्रो नेपाली पाटीबाट लौरो चुनाव चिन्ह लिएर उम्मेदवार हुनुहुन्छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web