त्रिशुली । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले नेपालमा राजसँस्थाको स्थापना र संघीयताको पुर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार विदुरमा आयोजित एक कार्यक्रममा बोल्दै संबैधानिक राजतन्त्र, सनातत धर्म राष्ट्रको स्थापना र अहिलेको संघीय संरचना निकै महङ्गो भएकाले यसका सन्दर्भमा स्थानीय सरकारलाई बलियो बनाउदै प्रदेशको संरचना आवश्यक नै नरेहको बताउनुभएको छ ।
संघीयता आवश्यक भएपनि अहिलेको संरचना भने खर्चिलो र प्रभावकारी नभएकाले राष्ट्रिय बहस मार्फत संघीय तामा प्रदेस संरचनाको औचित्वका सम्बन्धमा पुर्नविचार गर्नुपर्ने पूर्व अर्थमन्त्री समेत रहनुभएका राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले बताउनुभएको हो ।
नुवाकोटबाट प्रतिनिधित्व गर्दै सांसद् समेत हुनुभएका डा.प्रकाशचन्द्र लोहनीले नुवाकोटको विकासको लागी उद्योग भित्र्याउन, छहरे–टोखा सडक खण्डलाई चीनसंगको नाकाको रुपमा चलाउन दुईबाट बढाएर चार लेनको सडक बनाउन, जिल्लामा चिया सहितको सम्भावताको क्रममा देखिएका कृषि बाली लगाउन सक्नुपर्ने बताउनुभएको छ ।
नुवाकोटका मुख्य सडक सहित विद्युत सेवाको विस्तार, कृषिका नयाँ योजना लगायतमा आकर्षक कार्यक्रम आफू जनप्रतिनिधि र अर्थमन्त्री भएको समयमा सुरु गरेकाले त्यसलाई निरन्तरता दिन र थप योजना जिल्लामा भित्र्याउन आफू अझै राजनीतिमा सक्रिय हुने उहाँले बताउनुभएको छ । अहिले ८० वर्षको भएपनि अझै २५ वर्षे युवाको जोशको साथ राजनीतिक मार्फत समाजसेवामा लागिरहन आफू अहिले राप्रपाको तर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा रहेकाले सांसद् भएमा बाँकी रहेका तथा सम्भाव्यता देखिएका योजना पूरा गर्न लाग्ने राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले बताउनुभएको छ ।
राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले अहिले मुलुकको अर्थतन्त्र निकै कमजोर हुदै गएको भन्दै चिन्ता जनाउनुभएको छ । किसानले बाली लगाउन रासायनिक मल नपाएको देखि कृषि उब्जनीको लगानी अनुसार मूल्य र बजार पाउन नसक्नेदेखि अर्थतन्त्रका सबै सूचकहरु सुधार गर्न अहिलेको सरकार असफल भएको उहाले टिप्पणी गर्नुभएको छ ।
22.93¡ÆC