रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त

कार्तिक २६, २०७९ मा प्रकाशित
Published at 2022-11-12

355 views

काठमाडौँ । रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले  शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो ।

पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन ।

रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हालिसकेका छन् ।

यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुरको त्रिवि मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् । रोहित भरपर्दो ब्याटर हुन् । २५ एकदिवसीय र २१ टी-२० खेलेका उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.